नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन नेकपाका दाहाल-नेपाल समुहलाई लाल्कारेका छन्।
प्रधानमन्त्री ओलीले फेब्रवरी २८, २०२१ आइतबार झापामा चीन-नेपालमैत्री औद्योगिक पार्क शिलान्यासका क्रममा सो चुनौती दिएका हुन्। उनले आफ्नो मन्तब्यको क्रममा नेपाल कम्युनिष्ट पार्टीका पुष्प कमल दाहाल र माधव नेपाल समूहलाइ भने, केपी ओलीलाई हटाएर देखाउनुहोस् फेरि ३ करोड जनताको मन र मत जितेर जनताको सेवा गर्न फर्किनेछु। मेरो टाउकामा जनताको हात आशीर्वादको रूपमा भइन्जेल म हार्दिनँ।
मैले कमै मात्र मुद्दा जितेको तर जनताको साथ भएपछि मुद्दा हारेर फरक नपर्ने रहेछ। गल्ती गर्दिनँ तर मुद्दा हार्छु। आफू सही छु तर पनि मुद्दा हार्छु त्यसैले अहिले सर्वोच्च अदालतमा हारेको मुद्दा पनि मेरा लागि अनौठो होइन।