https://www.youtube.com/embed/NYXfbJ3nL9s

अफ्रिकामा पहिलो नेपाली गीत

Hollywood Khabar July 07,2017 Comments

कम्पला/युगान्डा
गैर आवासिय नेपाली संघ, युगान्डाका अध्यक्ष रमेश कंडेलले अफ्रिकाको इतिहासमै पहिलो चोटी नेपाली गीतको अडियो रेकर्ड तथा भिडिओ छायांकन अफ्रिकामा गरि नयाँ रेकर्ड कायम गरेका छन। उनकै शब्द, स्वर तथा परिकल्पनामा तयार भएको यो गीतको बिमोचन आज सम्पन्न हुने एनआरएनए युगान्डाको तेस्रो अधिबेशनको अबसरमा हुदैछ।
एनआरएनएका अन्तर्राष्ट्रिय समितीका  कोषाधयक्ष हिक्मत थापा, अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की र एनआरएनए युगान्डाको सहयोगमा तयार पारिएको यो गीत र नृत्य नेपाली कला संस्कृतिलाई अफ्रिकामा प्रबर्द्धन गर्ने बिश्वाश गरिएको छ। गीत तलको युट्युब लिन्कमा हेर्न र सुन्न सकिने छ्।