-परासीमा एनआरएनए अफ्रिकाद्वारा अक्सिजन ग्यास हस्तान्तरण

परासीमा एनआरएनए अफ्रिकाद्वारा अक्सिजन ग्यास हस्तान्तरण

Hollywood Khabar May 12,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको मातृभूमिमा अक्सिजिन आपूर्तिका लागि सहयोग अभियान अन्तर्गत आज पश्चिम नवलपरासी जिल्लामा साठी थान सिलिन्डर अक्सिजन सहयोग हस्तान्तरण गरिएको छ।

पुर्वमन्त्री देवेन्द्र कंडेलको बिशेष पहलमा एनआरएनएका अफ्रिका क्षेत्रको आर्थिक सहयोग, लायन्स क्लब बुटवल तथा लियो क्लब अफ रामग्रामको ब्यवस्थापनमा जिल्लामा करिब २०० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने कार्यक्रम अनुरुप आज लुम्बिनी प्रदेश सभा सद्स्य वैजनाथ जैसवाल, जिल्ला समन्वय प्रमुख शिव शंकर राय, रामग्राम कार्यपालिका सद्स्य सुनिता श्रेष्ठ, त्रिलोक श्रेष्ठ, युवा सचेतना संस्था अध्यक्ष भाई इमामुल अली लगयातको उपस्तिथिमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई प्रारम्भिक सुरुवातमा ६० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ।

लायन्स कल्ब बुटवल स्टार एवं लायन्स 325B2 एरिया चिफ संयोजक सन्दिप कसौधन, लियो क्लब रामग्राम शाखा अध्यक्ष बिकास घिमिरे तथा रामग्राम नगरपालिका बोर्ड मेम्बर सुनिता श्रेष्ठलाई बुटवल क्षेत्रका पाच जिल्लामा एनआरएनए अफ्रिकाको तर्फबाट सहयोग समन्वय गरिरहनु भएका एनआरएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले बिशेष आभार ब्यक्त गर्नु भएको छ।

बुटवल क्षेत्रका पुर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी र स्याङ्जा जिल्लामा एनआरएनए अफ्रिकाले अक्सिजन आपूर्तिमा सहयोग गर्दैछ। एनआरएनए कङ्गो, मोजाम्बिक, घाना र आइभोरीकोस्टले यसमा सहयोगको पहल गरि रहेका छन।