तनहुँको आदिकवी भानुभक्त क्याम्पस म्यानेजमेन्टमा देशकै टप बन्यो    

0
shares

by Soni Sharma | Updated: 22 Jun 2019

210 views
-उत्कृष्ट अवार्ड ग्रहण गर्दै आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महा प्रसाद हडखले।

८ असार ,दमौली।तनहुँको दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पस एमबिएस कार्यक्रममा नेपालकै पहिलो बन्दै उत्कृष्ट अवार्ड हात पारेको छ।यस बर्ष नेपालका १८ सय ५४ क्याम्पस मध्ये आदिकवि भानुभक्त क्याम्पसले म्यानेजमेन्टतर्फ देशकै उत्कृष्ट क्याम्पस बन्दै अवार्ड हात पारेको हो।त्यसैगरि क्याम्पसले सामुदायिक क्याम्पस तर्फ पनि नेपालको दोश्रो उत्कृष्ट  क्याम्पसको अवार्ड पनि प्राप्त गरेको छ । नेपालमा करिब ६ सय सामुदायिक क्याम्पसहरु रहेका छन ।

यसैगरि  क्याम्पसले बिबिएस तर्फबाट तेस्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि हात पारेको छ । उक्त सम्मन शुक्रबार साझ होटल आन्नपुर्ण काठमाडौमा आयोना गरिएको बि स्कुल कनक्लेभ तथा अवार्ड समारोहमा प्रदान गरिएको थियो ।शिक्षा सचिब  खगराज बराल तथा न्युज बिज्नेस एजका अध्यक्ष मदन लम्सालले प्रदान गर्नुभएकोअवार्ड आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महा प्रसाद हडखलेले ग्रहण गर्नुभएको थियो।कार्यक्रममा क्याम्पसका आइसिटी बिषयका सम्योजक शुलभ कुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

न्यु बिजनेस एज म्यागाजिनले हरेक बर्ष नेपाल भर ब्याबस्थापन बिषय पढाई हुने क्याम्पसहरुको अध्यन अध्यापन, नतिजा, पुर्बाधार र ब्याबस्थापनलाई आधार मानेर उत्कृष्ट क्याम्पस छनौट गरेको थियो।म्यागाजिनले उत्कृष्ट उच्च शैक्षिक संस्था र बिजनेस संघ संस्थाहरुलाइ सन २०१३ देखि हरेक बर्ष उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ ।

आदिकवि भानुभक्त क्याम्पसमा ब्याबस्थापन बिषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एम बि एस पढाई गर्दै आइरहेकोछ।ब्याबस्थापनमा  करिब १ हजार २ सय बिध्यार्थिहरु अध्यन गरिरहेका छन भने करिब १५ जना प्राध्यापक अध्यापनरत रहेका छन ।