अध्यक्ष र उपाध्यक्षको घरबाटै गाउँपालिकाको प्रशासकीय काम

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

60 views
साङ्केतिक तस्बिर ;साभार वेब

८ असार जाजरकोट। कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ।गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट सक्दै र घरभाडा बुझ्दै आएका छन्।

गाउँमा काम परेपछि मात्र गएर छिटोछिटो काम सकेर सदरमुकाम को छिटो आउने भन्ने होडबाजी नै चल्ने गरेको छ।गाउँमा रहेको कार्यायलमा भाडा मात्र भुक्तानी हुँदै आएको छ।गाउँगाउँमा सिंहदरबार आएपनि विकास निर्माणको कार्यशैली भने परम्परागत नै हुँदै आएको मा स्थानीयवासी दिक्क छन्।कुशे गाउँपालिकामा हुने अधिकांश कार्यक्रम सदरमुकाममा मात्र हुने कागजमा मात्र हुने कुशे गाउँ पालिकामा गरेको देखाउने चलन अत्यधिक छ।

वर्षभरि गर्नुपर्ने काम असार लागेपछि मात्रै हतारोमा गर्नुपर्ने प्रवृत्तिले स्थानीय सरकारको गति पनि उही पुरानै रहेको स्थानीयवासीको तर्क छ।सानो काम परे पनि हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अझै कायम हुँदा सर्वसाधारण हैरान छन्।जाजरकोटमा सङ्घीय सरकारले पठाएको बजेट जेठ मसान्तसम्म पूँजीगततर्फ साढे नौ प्रतिशत मात्र खर्च भएको छ।