-Udaya Shensher Raanaa

अधिनायकवादी कार्यशैली विरुद्ध कांग्रेस एकजुट हुनु आजको आवश्यकता-राणा

Hollywood Khabar May 15,2019 Comments

नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणाले कम्यूनिष्टहरुको अधिनायकवादी कार्यशैली विरुद्ध कांग्रेस एकजुट हुनुपर्ने बिचार व्यक्त गरेका छन्।

नेपाली कांग्रेस मोरङ क्षेत्र # ३ ले आयोजना गरेको क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा पूर्व अर्थराज्यमन्त्री राणाले यस्तो धारणा राखेका हुन्। उनले अगाडि भनेका छन् कम्यूनिष्ट सरकारको अधिनायकवादी कार्यशैली विरुद्ध कांग्रेस एकजुट हुनु आजको आवश्यकता हो।

तानाशाही शासकहरु कांग्रेसकै कारण पतनको बाटोमा गएको इतिहास साक्षी छ। यदि हामी काँग्रेस फेरी पनि एकजुट भएर यसका बिरुद्ध लाग्यौं भने यो तानाशाह पनि लामो समय जाँदैन राणाले भनेका थिए। मे १६, २०१९ का दिन आयोजित उक्त कार्यक्रमका प्रमुख अतिधि नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लगायतका अन्य नेताहरु समेत उपस्थित थिए।