https://www.youtube.com/embed/VWOvYp3GApw

मन्त्रि डा महतले गरे “आकाश मिचिएको शहर” को बिमोचन

Hollywood Khabar May 19,2017 Comments

कमल सरगम काठमाण्डौ

नेपाली संगीत क्षेत्रमा पछिल्लो पटक अलिक बढी रुचाइने चिज हो गजल।हो यही गजल क्षेत्रलाई फराकिलो बनाउने हेतुका साथमा विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित गायक अजर जंगमको एकल आवाज र बरिष्ठ गजलकार भुपेन्द्र महतको एकल सृजनामा चर्चित सर्जकहरुको उत्कृष्ट संगीता संयोजनमा गजल एल्बम “आकाश मिचिएको शहर” बिमोचन भएको छ।

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ गायक तथा सर्जक प्रेम ध्वज प्रधान, बरिष्ठ गीतकार डा.कृष्णहरि बराल ,बरिष्ठ गायक दिप श्रेष्ठ, संगीतकार दिपक जंगम ,राजेन्द्र थापा, संगीतकार हरि लम्साल, किरण कडेल, चर्चित गायिका कुन्ती मोक्तान, बिना महत, राजु सिंह लगाए कलाकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

विन्ध्यवासिनी म्यूजिकका संचालक सुबास रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक अजर जंगमले आफ्नै आवाजमा लाइभ एल्बमको २ ओटा गीत गएर सुनाएका थिए। कार्यक्रममा सुभकामना व्यक्त गर्दै चर्चित गीतकार तथा साहित्यकार डा.कृष्णहरि बरालले भन्नु भयो “हुन त् गीत आउनु अगाबै गजलमा शिर्षकलेनै मलाइ तानेको थियो कौतुहलता थियो जस्तो शिर्षक थियो उस्तै सुन्दर सुन्दर शब्दमा अनुबन्धित गजलहरु रैछ, आवाजमा झन् उत्कृष्ट रहेको हुदा अजर जंगमले भविष्यमा लाखौको मन जित्ने छन्”। संगै कार्यक्रममा परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले भन्नु भयो “मलाइ अजर जीले पहिलेनै आफ्नो आवाजबाट गीत सुनाएर मेरो मन जितिसकेका थिए अब गीत संगीतमा फेरी अर्को उत्कृष्ट गायकको रुपमा अजर देखिने छन।कार्यक्रमको सभापति सुबास रेग्मीले आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्दै कार्यक्रमको बिशार्जन गरेका हुन्।