हे वरफ कृपा गरेर मलाई पारपाचुके देऊ-अच्यूत सिग्देल

Hollywood Khabar January 04,2018 Comments

हे वरफ कृपा गरेर मलाई पारपाचुके देऊ
अच्यूत सिग्देल
हिजो
ऊकुस मुकुस
ग्रिस्मका ताता ताता लप्कादार
दिनहरूमा
निथ्रूक्कै पसिना निकाल्ने
त्यो तातो हावाहरू
मन हल्लाएर गए
मुख सुकेर प्साक प्याक पर्दा
भान्साको कुनामा तिमीलाई जन्माए
लालन पालन र पोषण गरे
यौवनले वयस्क भएर तिमी
फेफिक्री नाङ्गिदा
कति रोमान्चक हुन्थे म
कति शीतलता दिन्थ्यो है
लाग्थ्यो अँगालोमा वेरौ तिमीलाई
शयन देखि सौचालय
भान्सा देखि कार्यालय
भोग, सम्भोग वा ऊपभोग गरौ ।
ऑतमा आगोलागेर
हर हर जलिरहदा एक ग्लास पानी सँग
तिम्रो सहवास
तिम्रो खुशि र स्खलन
याद छ ? तिमी र म
कति तृप्ति र सन्तुष्ट हु्थ्यौं ?
घन्टौ सम्म तिमी सँग रमाऊने पल
सुम्सूम्याऊन चाहन्थे, खेल्न चाहन्थे
कति रमाईला थिए ती दिनहरू
तर, तर तिम्रो मेरो सम्वन्धमा
शरदको आगमनले अलि फाटो ल्यायो
कि सायद ..
हुन सक्छ म पनि
यौवन, सुशील सुन्दरी
राती पहेली प्रकृती सँग लहसिएँ
ऊसै सँग
दशै मनाएँ, तिहार मनाएँ
आमोद  प्रमोद गरें
थ्याक्स गिभिङ र हलोईनहरूमा
कहिले काहि पार्टि हरूमा
मिलन भएकै हो
सहवास भएकै हो ।
जोनीवाकर र ग्रे गुस चुस्कि मार्दा
स्याम्पियन टोष्ट
सँग सँगै
तिमी पनि रमियौ नि हैन..
हो म पनि रमाएँ ।
तर आज महिनौ पछि
चिसिएको छ हाम्रो सम्वन्ध
तिमी र म टाढिनु परेको छ ।
तिम्रो आगमनले म दुखी हुनु परेको छ
तिम्रो सौदर्यतामा
रमाऊने धेरै भएका छन
वुढा, वुढि र वच्चा वच्ची देखी
युवा युवती
रूख विरूवा र घर पहाड़ सम्म
तिम्रो नाजायज़ सम्वन्ध वढेको छ ।
तिमी खुशि र मस्ति छौ
दिनहु तिम्रो जन्मत्सोव मनाई दै छ
शुभ कामना छ तिमी लाई ।
तर, तर
तिम्रो मेरो भेंट
हरेक सहवास कठिन भएको छ
तिमी निष्ठुरि भएकि छ्यौ
तिमी धेरै चिसिएकी छ्यौ
तिम्रो आत्मा लास झै चीसो छ ।
तिम्रो सामिप्यता ले म तड्पिन थालेको छु ।
मुटू चिसा चिसा हुन्छन
हात, गोंडा हरू लुलाहुन्छन
दाँत वज्न थालेको छन
चिसा चिसा रात सँगै रून्छु म
नियोनिया, रूधा, खोकिले सताएर
ज़र ज़र भएको छु
म मा एन्जाईटि पलाएको छ ।
कालो कुनामा थर थर काप्दै वसेको छु
साच्चै सुन्छ्यौ भने
म तिमीलाई घृणा गर्न थालेको छु
म अर्कै सँग प्रेममा परेको छु ।
थाह छ ?
आजकल
ऊसको न्यानो अँगालोमा वाघिन चाहन्छु ।
ऊ सँग टासिन चाहन्छु
जहॉ जान्छु जता तेतै ऊनको यादले सताऊछ
वाटो होस या कार्यलय
भान्सा होस या सौचालय
म ऊसैको प्रतिक्षामा छु ।
त के तिमी मलाई एक उपहार दिन सक्छ्यौ ?
मेरो जिवनवाट
गई दिन सक्छ्यो
कृपा गर न मलाई है
छ महिना नै सहि
छोडिदेऊन है मलाई
जव वसन्तमा फूल फुल्न थाल्छन
तव आऊनु नि है
फेरि माया लाऊला
तर प्लिज गई देऊन ।
अलिकति रमाऊन  देऊ
ऊसको मायामा फेफिक्री जम्न देऊ ।
थाह छ आजकल मेर को सँग
अफ़ेयर्स चलेको छ, डेटिङ चलेको छ
आई एम ईन लभ ....
आई लभ हिटर , आई लभ वार्म
सो आई हेट यू कोल्डी स्नो
आई रियल्ली हेट यू वरफ
सो..
मलाई तातो सँग रमाऊन देऊ
हे वरफ कृपा गरेर मलाई पारपाचुके देऊ !!