के विराएँ ? अच्यूत सिग्देल

Hollywood Khabar December 25,2017 Comments

के विराएँ ? "अच्यूत सिग्देल"

हलिको घरमा जन्मेर
जोत्न मन नलाग्दा
समय विताऊने वहानामा
स्कूल गएँ त के विराएं ?
काला अक्षर भैसि वरावर
पढाईमा मन नलागेर
खोपि खेल्दा खेल्दै कान निमोठिएर
दिनहु वेईज्जत हुदा
टीचर लाई चिर्पट मारेर
स्वघ्वसित नेता वने त के विराएँ ।
प्रजातन्त्र, समाजवाद
जय जयकार , ईन्क्लाव ज़िन्दाबाद
आधुनिक शिक्षा चाहिन्छ
वुर्जुवा शिक्षा मूर्दावाद
खेलखुद मैत्री शिक्षा वहालि गर
चार लठैत मिलेर ऊफ्रिदा
पार्टिले टिका लगायो
वाजा गाजा र हर्षवढाईले
सु स्वागत र
लावा लस्कर र जयजयकार
सोच्दै नसोचेको ठूलो नेता वनाए त
मैले के विराएँ ?
शहर पसेर दुईचार ज़ोर
जिऊ वङ्याऊदै भिरेर
सुकिलो मुकिलो भएँ
हो भेड़ा वाख्रा सरी नाता गोता
अड्डा गौडा हुलें
सवैले यसो कमाईको नजरना दिदा
दुई चारवटा महल ठड्याएँ
त फेरि मैले के विराएँ ?
आहा कति मज़ाको ज़िन्दगी
आनाकानी गर्यो कि
फटाफट झर्ने
सुन्ड मु्न्ड पाल्नै नपर्ने
वस्ती वस्ती देखि
शहर वजार सम्म
पानी पुल देखि मुल नै किन नहोस
अस्पताल होस वा सौचालय
कमिशन नै कमिशन
भकारीमा किन राख्नु भनेर
आफ्नै वैङ्क नै वनाएत के विराए ।
चुनावमा चारो,
काममा तगारो
जनताको र विकासका नाममा
मल खाद होस विऊ विजन
सिंचाई, कुलो, नहर
राहतलाई आहत पार्दा पनी
दाता ले नै खातापाता
आधा आधा गरिदिएर
हो टन्नै पैसा कमाएँ त के विराएँ ?
छिमेकि लाई दुई चार हात दिएँ
जहाँ जहाँ भने ऊहि ल्याप्चे
ठोकेर
नदि नाला थुनेर
दुई चार जिल्ला डुव्दा
छोरा छोरी मोफतमा पढाएँ
म खोपी खेलेर दुई चार ढ्याक मार्ने
राष्ट्रीय ढुकुटिको अलि अलि तर मार्दा
चिल्ला चढेर,
अलि अलि भूडि गाला फुलाएँ
खै मैले के विराएँ ?