तस्बिर साभार वेब

अविरल बर्षाका कारण तनहुँमा पहिरोमा पुरिएर १० जनाको ज्यान गयो

Hollywood Khabar July 12,2020 Comments

२९ असार,तनहुँ। तनहुँका विभिन्न ठाउँमा पहिरोले पुरिएर बेपत्ता १० जनाको ज्यान गएको छ। आइतबार रातिदेखि परेको भीषण वर्षाले गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको हो।बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो।

पहिरोमा परी ज्यान गुमाउनेहरुमा ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलीका ३० वर्षीय भेष बहादुर थापा, उनकी श्रीमती २८ वर्षीया नानुमाया, भाइ २२ वर्षीय महावीर, बुहारी १९ वर्षीया मनिसरा र छोरी ५ वर्षीया अमिसाको ज्यान गएको छ भने व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीय अञ्जना तथा सोही ठाउँकी ७० वर्षीया मैतीकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ का १७ वर्षीया लक्ष्मी विकको पनि ज्यान गएको साथै बेपत्ता रहेका व्यास–९ का २० वर्षीय राजेश थापा र व्यास–११ का ५२ वर्षीय पदम बहादुर भुजेलको मेसिनको प्रयोग गरी खोजी कार्य जारी रहे पनि को उपरिक्षक पौडेलले जानकारी दिनुभयो।पहिरोमा परी घाइते भएका व्यास–९ का ५० वर्षीय केशर बहादुर थापालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ऋषिङ–८ पल्ट्याङ भैंसीकिलीका आन बहादुरका श्रीमती ६० वर्षीया ज्योतिमाया थापालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ।