-शुक्रबार कलंकीमा आएको बाढी

अविरल वर्षाका कारण १७ जनाको मृत्यु 

Hollywood Khabar July 11,2019 Comments

२७ असार, काठमाडौं ।अविरल वर्षाका कारण १७ जनाले ज्यान गुमाएका छन् ।बर्षाका कारण रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका हुन्।बर्षाले काठमाडौंमा ३ जना,खोटाङमा ३ जनाले ज्यान गुमाएका छन् ।तेस्तै बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल रहेका छन् ।सोहि घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते भएका छन् ।

तेसैगरी रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।तेस्तै भोजपुरमा पर्खालले किचेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको ज्यान गएको छ।तेसैगरी टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ। तेस्तै वर्षाका कारण  ललितपुरमा पनि  एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । तेस्तै खोटाङमा ३ जना बेपत्ता रहेका छन् ।
 
तेसैगरी पर्साको पर्सागढी नगरपालिकामा  दाउरा संकलन गरिरहेका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको बाढीले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । तेस्तै उत्तरी मकवानपुरको थाहा नगरपालिका ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

तेस्तै काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।तेस्तै निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा  ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले बताए।