साङ्केतिक तस्बिर साभार वेब

अब बिना काम निस्के सिधै क्वारेन्टाइनमा पठाईने

Hollywood Khabar March 26,2020 Comments

१५ चैत्र काठमाडौं।सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घर बाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ।प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो।

लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ।सरकारले कोरोना संक्रमित फेला परेपछि ११ चैतबाट देशभर लकडाउन गर्ने घोषणा गरेको थियो।लकडाउन घोषणापछि पनि शुरुवाती दिनमा प्रहरीले बिनाकाम घरबाहिर निस्कनेलाई सम्झाई बुझाई छाड्दै आएको थियो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको निर्णय विपरीत बिना काम घर बाहिर सडकमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने जानकारी दिए।

‘सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो,बिना काम लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छ,’महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने।