तस्बिर साभार वेब

आयातित तरकारीमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाद्वारा प्रतिबन्ध

Hollywood Khabar August 21,2019 Comments

५ भाद्र सोलुखुम्बु।सोलुखुम्बु।कृषकहरुलाई प्रोत्साहन गर्न सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आयातित तरकारीमा रोक लगाउने भएको छ।स्थानीय स्तरमा उत्पादित तरकारीले बजार नपाएको अवस्थामा गाउँपालिकाले विभिन्न साझेदार संस्थाहरुसँग मिलेर यस्तो निर्णय गर्न लागेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो।

गाउँपालिकाभित्रका कृषकलाई व्यवसायिक कृषितर्फ प्रेरित गर्न पनि बाहिरबाट आयात हुने तराकारीमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ।यो विषयमा जी फाउन्डेसन तथा साझेदारी संघ–संस्थासँग सहकार्य भैरहेको गाउँपालिका अध्यक्ष किराँतीको भनाइ छ।

गाउँपालिकाभित्र प्याज बाहेक अन्य तरकारी आयातमा रोक लागाउने विषयमा गाउँपालिकासँग छलफल भएको पहाडी विकास संरक्षण समूहका कृषि प्राविधिक हर्कराज कुलुङले बताउनु भयो।प्याज भण्डारणका लागि उपयुक्त व्यवस्था नभएकाले केही समय प्याज भने आयात गर्न दिइने जनाइएको छ।