दिपक अभिमन्यू

आउ प्रिय खेलौं होली

Hollywood Khabar March 19,2019 Comments

जताततै होलीको थरिथरि रङ्ग‚
अनि एउटा छुट्टै तन्नेरी उमंग ‚
माया र स्नेह मिसाउँदै सदभावको अबिर दलेर ।
ईन्द्रेणी झैं पिरतीको सप्तरङ्गी रङ्गोली बाड्दै‚
आउ प्रिय खेलौँ होली ।
टुँडीखेलको यूवायूवतीको भीडमा ‚
अनि वसन्तपुरको विशाल भीडमा‚
हामी पनि मिसीएर ‚
तन अनि मन एकैसाथ रङ्ग्याउदै‚
रङ्गहरुको मज्जा र आनन्द अनि‚
न्यानो घामको अङ्गालोमा ‚
लुटुपुटु हुदै मस्किदै जिस्कीदै‚
उन्मत्त पार्ने त्यो मधुर मुस्कानमा ‚
मदमस्त हुदै रमाउँदै‚
बेलुनभरि प्रेमको रङ्गिन जल भरेर ‚
आउ खेलौं लोला अनि ‚
रङ्गिन जलले भरिपूर्ण पिचकारीले ‚
आउ पिचकारी खेलौं ।
एकअर्काको शरिर निथ्रुक्क भिजाउँदै ‚
भाङको नशामा झुम्दै‚
आउ कम्मर हल्लाउँदै नाचौं ‚
होलीमा मस्त हुदै गाउँ रमाउँ ‚
हाम्रो सम्बन्धलाई रङ्गिन बनाउँदै ‚
रङ्गैरङ्गले भरिपुर्ण पारौं ।
आउ प्रिय खेलौँ होली ।