-आतंककारी, कन्चन भनिने धर्मेन्द्र वास्तोला

आतंककारी नेत्रबिक्रम चन्द समुहका केन्द्रिय सचिव बास्तोला पक्राउ

Hollywood Khabar January 13,2021 Comments

नेपालमा हत्या, आतंकमा सकृय रहेको नेत्रबिक्रम चन्द-विप्लब समुहको नामले चिनिने आतंकारी समुहका केन्द्रिय सचिव कन्चन भनिने धर्मेन्द्र वास्तोला ललितपुरबाट पक्राउ परेका छन्।

जनवरी १३, २०२१ बुधबार ललितपुरबाट पक्राउ परेका वास्तोलासँग विवेक कुमाल, विश्वास र प्रकाश शाही समत पक्राउ परेको कुरा प्रहारी श्रोतले जनाइएको छ। अन्नपूर्ण पोष्टका अनुसार उनीहरु नेपाल सरकारसँग बार्ता गर्ने चाहन्थे। वार्ताकै लागि नेतृत्व वास्तोलाले गरेका थिए। तर नेपाल सरकारले भने वार्ताको कुनै तयारी र सुरुवात नभएको उनीहरुले सान्त्वना पाउनको लागि यसो गरेको बताइन्छ।

कोरोनाका कारण रोग लागेर धेरैजना आतंक छाडेर फर्केका, कतिपय उपचार बिना मरेका र आफ्नो शक्ति अझै जीवत छ भन्ने देखाउन हत्या-आतंक भने देखाउँदै आएको सो समुहले वार्तामा आएर शान्तिमा रहने भन्ने कुरामा कुनै गुञ्जायस छैन।