-आचार्य पीपलमणि सिग्देलको आँकुरापुञ्ज कविता-संग्रह

आचार्य पीपलमणि सिग्देलको आँकुरापुञ्ज कविता-संग्रह विमोचन हुने

Hollywood Khabar April 11,2019 Comments

नेपाली कविताको ऐतिहासिक विकास तथा समीक्षासहित प्रकाशित आँकुरापुञ्ज कविता-संग्रहको विमोचन हुने भएको छ।

युवा कवि आचार्य पीपलमणि सिग्देलद्वारा रचित ग्रन्थको विमोचन अप्रिल २०, २०१९ साँझ ६ बजे आस्माइ हिन्दू टेम्पल न्यूयोर्कमा हुने भएको छ।
सिर्जनात्मक लेखनले काउकुती लगाउदाँको अनुभूति र कविताको सैद्धान्तिक अध्ययनको अनुभवरूपी बहसमेत बिसाउँदै सर्जक (कवि) आचार्य पीपलमणि सिग्देलले पृष्ठभूमिका रूपमा पहिला परिभाषाको तान बुनेका छन्।

सोही तानमा कविताका विधागत बनोट सुरु गरेर प्रमुख तत्व, विकास-प्रवाह, नेपाली कविताका आधुनिक धारा-उपधारा तुन्दै र बुन्दै गद्यकविता विधाको सर्भेक्षण गरेका छन्। यसै क्रममा ६ जना उत्कृष्ट नेपाली कविहरूका कवितालाई समेत चुनेर आफ्नो आँकुरापुञ्जमा सजाई सुरम्य बगैंचा निर्माण गरेका छन्।

अन्य सुभेच्छुक कवि, सर्जकहरूका सिर्जनारूपी सुभेच्छाका साथ त्यही बगैचामा टक्क टक्क आफ्ना कोमल गद्य कविता सजाएर राखेका छन्। यसरी १७६ पेजको आँकुरापुञ्जको स्वरूप बनेको छ।

अनि, यो स्वरूपभित्र कविताको आन्तरिक तथा बाह्य अवयवको संयोजन भएको पाइन्छ। बाँकी विषयगत जानकारी विमोचन समारोहमा चर्चा गरिने कुरा कवि आचार्य सिग्देलले बताएका छन्।