चैत्र शुक्ल पूर्णिमा बालाजुमा लाग्ने २२ धारा मेला

आज चैत्र शुक्ल पूर्णिमा अर्थात वर्षकै पहिलो पूर्णिमा‚बालाजुको २२ धारामा मेला

Hollywood Khabar April 17,2019 Comments

६ बैशाख,काठमाडौं।चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यो पूर्णिमालाई नै वर्षको पहिलो पूर्णिमा मानिन्छ।यो दिन हनुमान जयन्ती मनाइन्छ। वायु र अञ्जनीपुत्रका रूपमा जन्मेका हनुमान भगवान रामका बाहनको रूपमा परिचित छन्।उनको भक्ति संसारमै अतुलनीय मानिएको छ। 

यसैगरी विभिन्न तीर्थस्थलमा मेला तथा जात्रा लाग्छ। विशेषगरी बालाजुको २२ धारामा मेला लाग्छ।यो दिन २२ धारामा स्नान गर्नाले चर्मरोगबाट मुक्त भई दीर्घजीवन प्राप्त हुनेतथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ। 

महिनाको एउटाको हिसाबले वर्षमा १२ पूर्णिमा हुन्छन्।सनातन संस्कृति र रहन सहनका कतिपय पक्षहरूसँग पूर्णिमा तिथि गाँसिएको छ।वैदिक ग्रन्थहरूले पनि पूर्णिमालाई ठूलो पर्व मानेका छन्।हिन्दुहरूको आदिग्रन्थ वेदको एक अंग मानिने वेदांग ज्योतिषले सम्पूर्ण शुभकर्म गर्नको लागि शुक्लपक्ष नै उत्कृष्ट मानेको छ।