तस्बिर साभार वेब

आजदेखि काठमाडौंमा तमू अन्तर्राष्टिय सम्मेलन

Hollywood Khabar October 09,2019 Comments

२४ असोज काठमाडौं।पहिलो तमू अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा हुँदैछ।आज र भोलि काठमाडौंको राष्टिय सभागृहमा हुने सम्मेलनमा सात सयभन्दा बढी प्रतिनिधि सहभागी हुने सम्मेलन आयोजक समितिका संयोजक तथा तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जानकारी दिए।विश्वभरका तमू (गुरुङ)हरुलाई एकताबद्ध गरी तमू (गुरुङ)हरुको स्वःपहिचान र इतिहासलाई जीवन्त राख्नुका साथै तमू (गुरुङ) समुदायको हक, हित र सुमन्नतिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सम्मेलनको आयोजना गरेको हो।अन्तर्राष्ट्रिय सम्मेलनमा बेलायत, अमेरिका, युरोप, हङकङ, जापान, छिमेकी मुलुक भारत लगायत ३५ देशमा रहेका तमुहरुको सहभागिता रहनेछ। 

सम्मेलनका उद्देश्य 
क. मिति २०७३ कार्तिक ६ र ७ गते सुनसरी जिल्लाको धरानमा ऐतिहासिक प्रथम तमू सार्क सम्मेलन सम्पन्न गरिसकेको सन्दर्भमा संसारभर रहेका तमू संघ–संस्थाहरुसंग सम्पर्क, समन्वय बढाउदै तमू (गुरुङ)हरुको एकतालाई थप सुदृढीकरण गर्ने ।
ख. संसारभर विभिन्न स्थानरराज्यरभुभागमा गठन भएको तमू (गुरुङ) संघ–संस्थाहरुलाई समन्वय गरी तमू समुदायको हक, हित र समुन्नतीका लागि संगठित गर्ने ।
ग. संसारभर रहेका तमू ९गुरुङ०हरुको इतिहास, भाषा, लिपी, धर्म, साहित्य, सँस्कार, सँस्कृति, परम्पराकोसंरक्षण र सम्बद्र्धन गर्ने ।
घ. संसारभर बसोबास गर्ने तमूहरुबीच पारिवारिक सम्बन्ध कायम गर्दै उनीहरुको गौरवमय इतिहासको खोजी तथा निर्माण गर्ने ।
ङ. तमूहरुको आधिकारिक लिपी खेमा लिपिकोसंरक्षण, सम्बद्र्धन गर्ने ।
च. संसारभर बसोबास गर्ने तमूहरुबीच संस्थागत तथा व्यक्तिगत सञ्जाल निर्माण गर्ने साथै उक्त सञ्जाल मार्फत तमू समूदायको आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक, राजनीतिक आदि बृद्धि र विकास गर्न गराउनमा उत्प्रेरित गर्ने ।
छ. विश्वको विभिन्न देशका तमू (गुरुङ) संघरसंस्थाहरुको संस्थागत विकास एवं सशक्तिकरणमा आवश्यक सहयोग पु¥याउने ।
ज. संसारभरका तमू(गुरुङ) समुदायको सामाजिक, धार्मिक, शैक्षिक, भाषिक र साँस्कृतिक स्तर उठाउन युग सुहाउँदो चेतना अभिवृद्धि गर्ने ।
झ. विश्वको जुनसुकै राष्ट्रमा बसोबास गर्ने तमू (गुरुङ) समुदाय जाति, राष्ट्र, उत्पति, भाषा, धर्म, संस्कृति, वर्ण, लिंग, सम्पत्ति आदिको आधारमा हुने वा गरिने जुनसुकै किसिमको भेदभावको विरुद्धमा आवाज उठाउने,
ञ. तमू (गुरुङ) जातीको ऐतिहासिक तमू (गुरुङ) अग्रजहरु, पुर्खाहरु, शहिदहरु एवं तमू (गुरुङ) समुदायका लागि योगदान, बलिदान, त्याग तथा जीवनभर आहोरात्र खटिने एवं तमू (गुरुङ) जातीको ऐतिहासिक पहिचान र अधिकारको लागि संघर्ष गर्नेहरुको कदर गर्ने, स्मरण गर्ने एवं भावी पुस्ताका लागि प्रेरणा दिलाउन वहाँहरुको इत्तिबृत्तान्त तय गर्न खोज अध्ययन, अनुसन्धान गर्ने ।
ट. मानव अधिकारको विश्वव्यापी घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ १६९) एवं आदिवासीहरुको अधिकार सम्बन्धी राष्ट्रसंघीय घोषणापत्र (युएनड्रीप) लगायतका अन्तर्राष्ट्रिय कानूनहरुमा व्यवस्था गरिएको आदिवासी जनजातिको अधिकार र नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न गराउन प्रयत्नशिल रहने ।
ठ. समान उद्देश्य भएका तमू (गुरुङ) जातीय संघ÷संस्थाहरुसँग अन्तर्राष्ट्रिय सञ्जाल तय गरी आवश्यक सम्पर्क र सम्बन्धको विकास गरी आपसी सम्बन्ध बढाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने, गराउने ।