तस्बिर साभार वेब

आईसोलेशनमा राखिएकी बालिकाको मृत्यु

Hollywood Khabar May 30,2020 Comments

१८ जेठ काठमाण्डौं।बाजुरामा आईसोलेशनमा राखिएकी बालिकाको आइतबार बिहान मृत्यु भएको छ। बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो ।जिल्ला अस्पतालका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बालकको मृत्यु भएको बताए । बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाएको डा. विश्वकर्माले जानकारी दिए ।

अस्पतालका अनुसार रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने छ।आठ दिनअघि भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका–१ धुरालसैन माविको क्वारेन्टिनमा राखिएको थियो।आइसोलेशनमा आमाबुबासँगै उनलाई राखिएको थियो।

उनको स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो।चिकित्सकका अनुसार बालिकामा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो।