-तस्बिर वेब

आफूविरुद्ध नेताहरूबाटै कुप्रचार गरेर पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीहरूलाई फाइदा पुर्याउने काम गरे-वामदेब गौतम

Hollywood Khabar October 20,2018 Comments

५ कात्तिक काठमाण्डौं।नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता वामदेव गौतमले संस्थागत विधि–प्रक्रिया अनुसार नै मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले आइतबारदेखि सुरु भएको बैठकमा प्रवेश पाए पनि पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण परिस्थिति अनुकूल बन्न नसकेको धारणा सचिवालयमा राखेका थिए।

आफू र पार्टीले संस्थागत धारणा नबनाउँदै सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नेताहरूबाटै कुप्रचार गरिएको भन्दै उनले यसले पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीहरूलाई फाइदा पुर्याउने काम गरेको धारणा राखेको एक सचिवालय सदस्यले बताए।

‘वामदेव कमरेडको उम्मेदवारी तयारी र उपचुनावको चर्चाका सन्दर्भमा पार्टीभित्र उत्पन्न असमझदारीबारे खुलस्त छलफल भयो, उनले धेरै लामो पृष्ठभूमिसहित तीता–मीठा सबै कुरा राख्नुभो,’ ती सचिवालय सदस्यले भने, ‘अब त्यसबारे कुनै गुनासो नहुने गरी अहिलेलाई कुनै निर्णय नगर्ने अन्तिम निर्णय भयो।