NRNA अमेरिकाज क्षेत्रीय संयोजकमा एसी शेर्पा उम्मेदवार: भिजन सहित

Hollywood Khabar September 21,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासिय नेपाली संघको अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक (RC) पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक (DRC) एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
अमेरिकाको वाशिंगटन राज्यको सियाटल शहर र क्यानाडामा समेत रियल स्टेटको ब्यबसाय तथा विश्वस्तरमा पर्यटन, माउण्ट्नेरिङ्ग, लगायतको ब्यबसाय गर्नुहुने शेर्पा एनआरएन अभियानका लागि एक प्रतिष्ठित अभियन्ता हुनुहुन्छ। आफ्नो पितृशोक पर्दा पनि एनआरएनएको गोर्खा लाप्राक प्रोजेक्टमा काम गर्न पुगेका शेर्पा महाभूकम्पमा होस् या बाढिपहिरो उद्धारमा होस्, चाहे एनआरएनए मुख्यालय क्याम्पस निर्माणमा होस् आर्थिक रुपमा ठूलो दान दिनेमध्यमा मात्र होइन आफै पनि फिल्डमा गएर सहभागी हुनुभएको छ।
उसो त आफ्नै आर्थिक सहयोगले सोलुखुम्बु र सिन्धुपाल्चोक जिल्लाका दुइ विधालय भवन निर्माण गर्न आर्थिक सहयोग दिनु भएको थियो। शेर्पा थुप्रै सामाजिक सेवाका कार्यमा दानी पनि हुनुभएको छ। आफ्नो गृह जिल्ला सोलुखुम्बुमा साढें दुइ करोड भन्दा धेरै सामाजिक क्षेत्रका शिक्षा, स्वास्थ र अन्यमा अनुदान दिनुभएको छ। यति मात्र होइन एसी शेर्पा एक उदाहरणिय एनआरएन अभियन्ताको रुपमा चिनिनुहुन्छ।
सगरमाथाको चुचुरोमा एनआरएनएको झण्डा लिएर आरोहण गर्ने शेर्पाले विश्वका ७ उच्च शिखरहरु (सेभेन समिट) को सफल आरोहण गर्नुभएको छ। हाल सोही बिषयमा ७५ देशका लागि प्रशिक्षक समेत हुनुहुन्छ उहाँ। नेपालमा पनि थुप्रै लगानी एकल र सामुहिक रुपमा गर्नुभएको छ भने अमेरिकामा पनि नेपालीहरुको सामुहिक लगानीको लागि प्रयास गर्दै हुनुहुन्छ।
आइसीसी सदस्यबाट एनआरएनएमा प्रवेस गर्नुभए पछि नियमित रुपमा अभियानमा रहनुभएका शेर्पा हाल अमेरिकाज क्षेत्रको निर्वाचित क्षेत्रीय उपसंयोजक (DRC) हुनुहुन्छ। अब भने सोही अनुभवलाइ क्षेत्रीय संयोजकका रुपमा अमेरिकाज क्षेत्रको नेपाली समुदयाको लागि एनआरएनए मार्फत बृहत्तर बिकास गर्न प्रतिबद्ध हुनुहुन्छ शेर्पा। आफ्नो RC कार्यकालमा के के काम गर्नुहुन्छ भन्ने प्रश्नमा मुख्यगरी उहाँले ७ वटा बिषयमा आफ्नो भिजन राख्नु भएको छ। आफ्ना योजनाबारे उहाँ भन्नुहुन्छ:
१. NRNA Vision 2020 & Beyond र चालु परियोजनाहरुलाई सफल कार्यान्वयन र पुरा गर्न अमेरिकाज क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुनाले सोका लागि योगदान गर्ने। संघको IES नेतृत्व बिकासमा बिशेष पहल गर्नु मेरो पहिलो काम हो। यतिले मात्र हुँदैन, भोलिको संघ हाँक्ने NRNA नेता यस क्षेत्रबाट हुनसक्ने बनाउन पहल गर्ने दोश्रो महत्वपूर्ण कुरा हो। यो वर्ष बिधानमा भएको एनसीसीका आधारमा DRC संख्या थप्ने ब्यबस्थालाइ पंजीकृत सदस्यताका आधारमा थप गर्ने ब्यबस्थाका लागि पहल गर्नेछु। अमेरिकामा २६ वटा त राज्य च्याप्टर छन्। अमेरिकालाइ नै पूर्वी र पश्चिम क्षेत्र हेर्न छुट्टाछुट्टै थप दुइ DRC को टड्कारो आवश्याक्ता भैसकेको छ। क्यानाडा हेर्ने एउटा DRC र दक्षिण अमेरिका हेर्न अर्को DRC को आवश्यकता छ।
२. यस क्षेत्रका NCC र RC, DRC, YDRC, WDRC र ICC सदस्य बिचको काम र संबन्धको नियमित सम्पर्क गराउने, नियमित बैठक गर्ने र सबैलाई काममा एक्टिभ गराउने नै मेरो प्रमुख काम हुनेछ। यो नै मेरो क्षेत्रको टिम हुनेछ र उनीहरुको सकृयता नै हाम्रो सफलता हो। म एउटा टिमप्लेयर हुँ र टिम चलाउनु नै मेरो प्रमुख काम हुनेछ।
३. क्षेत्रका हरेक एनसीसीहरुको बार्षिक र दुइवर्षे कार्ययोजना तय गर्न लगाउनेछु। हरेक महिना उनीहरुको कामको अपडेट लिनेछु, क्षेत्रीय रुपमा योजना, अनुगमन र मुल्यांकन (Planning, Monitoring & Evaluation) गर्न एउटा क्षेत्रीयस्तरको PME टिम बनाउनेछु। हरेक एनसीसीको मासिक, त्रैमासिक, अर्धवार्षिक, बार्षिक र दुइ बर्षे रिपोर्ट लिएर ICC र IES मा आवश्यक्त रुपमा पेश गर्नेछु। यो नै मेरो प्रमुख काम हुनेछ।
४. क्षेत्रका गतिबिधिको नियमित रुपमा अपडेट गर्ने साथै अन्तरिक विवाद र आपसी मुटावको अन्त्य गरि एउटै मुलको पानी जस्तै संग्लो रुपमा बग्ने एनआरएनहरुको संस्था बनाउन पहिलो पहल गर्ने छु। एनसीसीहरुको हरेक विवाद दुइ बर्षे कार्यकालमा किनारा लगाउनेछु र सफा र सकृय एनसीसीहरु बनाउनु नै मुरो प्रमुख लक्ष हो। त्यसका लागि बैठक, योजना र साधारण सभा लगायतका कुराहरुबाट निरुपण गर्ने पहल ल्याउनेछु। सँस्थाको नेतृत्वमा जान निर्वाचनमा जानु स्वभाविक कुरा हो। हार र जितले पर्खाल बन्ने वातावरण अन्त हुनेछ। जो जताबाट उठे पनि त्यो एनआरएन नै हो। जित्नेको पहिलो कर्तब्य भनेको हार्नेलाइ सकृय बनाएर आफुसंगै लैजाने हो। त्यो कुरा खड्केको छ हामी बिचमा। त्यो सबै मिलायर लैजाने वातावरण मिलाउनु नै मेरो ठूलो कदम हुनेछ।
५. अमेरिकाज क्षेत्रका एनसीसी संख्या ४ बाट ५ पुर्याउन पहल गर्ने। हाल यस क्षेत्रमा अमेरिका, क्यानाडा, चिली र ब्राजिल एनसीसीहरु छन्। उत्तर अमेरिकाका तीन देशमा दुइ देश मात्र र दक्षिण अमेरिकाका १२ देश मध्य जम्मा दुइ देश मात्र एनसीसी बन्न सकेका छन्। उत्तर अमेरिकाको मेक्सीको र दक्षिण अमेरिकाका अरु १० देश, अनि यूएस टेरिटोरीमा पनि नेपालीहरुको नेटवर्क सुरु गरेर एनसीसी बिस्तारमा पहल गर्नेछु।
६. सम्पूर्ण एनसीसीहरुलाइ ICC को वेबपोर्टल अनुसार सदस्य बन्ने र बनाउन संयोजन गरि ICC का सम्पुर्ण मापदण्ड पुरा गर्न क्षेत्रका सबै एनसीसीहरुलाई प्रेरित गर्नेछु। एनसीसीहरुलाई हरेक ६/६ महिनामा चेकलिस्ट बनाएर मनिटरिङ्ग गर्नाले उनीहरु आफैले आफ्नो स्तर हेर्न सक्नेछन। यसबाहेक क्षेत्रका सबै एनसीसीहरुको बिधानमा देशको कानुनले रोकेको अवस्था बाहेक ICC बिधानसंग मेलखाने गरि एकरुपता ल्याउन क्षेत्रीय स्तरमा सबै एनसीसीहरुको प्रतिनिधित्व हुनेगरी एउटा बिधान अध्ययन कमिटी बनाएर सोको प्रतिवेदनका आधारमा कार्यान्वयन गराउनेछु। यसको कारण सबै एनसीसीहरुको अधिवेशन, निर्वाचन प्रक्रिया, पदसंख्या जस्ता थुप्रै कुराहरुमा एकरुपता आउनेछ।
७. अवधि भरिमा यस क्षेत्रको मात्र एउटा क्षेत्रिय सम्मेलनको आयोजना गर्ने मेरो सदिच्छा छ। सो सम्मेलनमा बिधान र संघको एकरुपता र गतिबिधि जस्ता कुराहरुमा छलफल गराइनेछ। उत्कृष्ट एनसीसीहरुलाई बिशेष रिवार्डको समेत ब्यबस्था गर्ने। ICC का परियोजनाहरु र कार्यक्रमहरुमा सहभागिता र योगदानलाइ अझै बढाउने पहल गर्नेछु शेर्पा भन्नुहुन्छ।
यस बाहेक शेर्पाको सपना भनेको संघका सबै भन्दा उत्कृष्ट क्षेत्र बनाउन नेपाली समुदाय र नेपालको लागि बिशेष पहल गर्ने हो। मुटाव र कलह भन्दा काम गर्ने स्वच्छ नेपाली समुदायको बिकास हो। नेपाली समुदायको ब्याबसायिक बिकास हो। यस्ता यावत कुराहरु राखेर आगडि आउनु भएका एसी शेर्पाले आफुलाई काम गर्ने मौका दिन अमेरिकाज क्षेत्रका सम्पूर्ण डेलिगेट्सहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ।