-Ghanashyam Shrestha

ए कोरोना !

Hollywood Khabar June 04,2020 Comments

घनश्याम श्रेष्ठ,काठमाडौँ/२०७७/०२/११/दिउँसो १ बजे

 

कति आतंकित तुल्याउन्दै छस ए कोरोना

फर्कीएर जा, जता बाट आको थिस, उतै फर्कीएर जा !

एउटा प्रान्त बाट निस्किएर, विश्व भ्रमण गर्दै छस किन,

एक एक गरि, किन डस्छस मानब जनलाई, अब त पुग्यो, जान !!

 

मानब मानब बीच, दुरी कायम गरि कन

किन, के सिद्ध, गर्न खोज्दै छस तँ , भन्दे न, ए कोरोना !

बन्द भयो भेटघाट, बन्द हुँदै छ बोलचाल,

अझै कति, थुन्छस घर भित्रै , कति छन् यहाँ, मानब समस्या, त्यो पनि गन्दे न, ए कोरोना !!

 

दिन दिन गर्दै हप्ता बिते, अनि बिते महिना पनि,

आस थियो, केहि दिन टहल्दै, फर्की आफै जान्छ कि, कतै भनि !

जता जान्छन उतै, जरो नै गाडी बस्छस तँ,

हैन, कति प्यारो लाग्छ है, तँलाई यो समाज, भन न, ए कोरोना !!

 

को हो र तेरो, बाबा र आमा, बिर्सिस कि तँलाई जन्माएको,

रत्तिभर पनि छैन डर तँलाई, किन त्यस्तो, निडर भईस, भन्दे न ए कोरोना !

मनोमानी गर्छस, जता पायो उतै डुल्छस,

कहाँ बाट आयो, दुस्साहस तेरो, एकपटक त, भन्दे न ए कोरोना !!

 

को धनि, को गरिब, कहाँ हेरिस र तैले,

बिना भेद भाब भन सबलाई, किन अंगाल्दै छस, ए कोरोना !

हजारौ को छिन्दै श्वास, टेक्दै छस किन छाती तैले,

तै पनि, बुझ्दैन चित्त तेरो, किन,के खोज्दै छस भन्दे न, ए कोरोना !!

 

हुन् त, तेरो आगमनले, प्रकृति रमाएको देख्छु,

बस्ति, बस्ति अनि गाउँ, शहर अनि विश्व पनि डराएको देख्छु !

शुनसान छ बस्ति, शुनसान छ सहर,

उन्मत्त हुँदै, मै-मस्त हुँदै रातोदिन "कोरोना" कराएको देख्छु !!

 

हिजोआज मानब बस्ति, गाउँ अनि शहर,

सबै सबै, चुपचाप चुपचाप, भएको देख्छु !

युद्ध भूमिमा, बिर गति प्राप्त गर्दै ढले को सिपाही झैँ,

ढल्न लाग्यो कि, मानब समाज आफै, कता कता, गुमनाम भएको देख्छु . . . . गुमनाम भएको देख्छु.. . . गुमनाम भएको देख्छु  …!!