-नेपाली सेना

नेपाली सेनाले आयोजनाको ड्राफ्ट चुहावट गर्नेलाई सचेत गरायो 

Hollywood Khabar November 13,2019 Comments

२८ कार्तिक,काठमाडौं।नेपाली सेनाले काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको ड्राफ्ट चुहावट गर्ने तत्कालीन आयोजना प्रमुखसहित प्राविधिक मुल्यांकन बोर्डका सदस्यहरुलाई सचेत गराएको छ।सेनाको सैनिक सचिव विभागले आयोजनाको सुपरिवेक्षण कार्यको लागि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनौट गर्ने कार्यमा Evaluation Criteria को ड्राफ्ट चुहावट भएपछि गठित कोर्ट अफ इन्क्वायरी बोर्डको सिफारिसमा आयोजनाका तत्कालिन आयोजना प्रमुखसहित प्राविधिक मुल्यांकन बोर्डका सदस्यहरुलाई सचेत गराईएको जनाएको छ।सेनाले ड्राफ्ट चुहावट भएपछि छानबिन कोर्ट अफ इन्क्वायरी बोर्डको गठन गरेको थियो।

सेनाले उक्त आयोजनामा विज्ञको रुपमा कार्यरत गैर-सैनिक ब्यक्तिहरुलाई समेत आयोजना प्रमुखबाट सजग गराईएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सेनाद्वारा जारि बिज्ञप्तिमा नेपाल सरकारको निर्देशन अनुसार राष्ट्रको विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवको आयोजनामा सेनामाथि राष्ट्र र नागरिकको विश्वास गांसिएको भन्दै आर्थिक अनुशासनमा रही गुणस्तरीय, पूर्ण पारदर्शिता तथा मितब्ययी ढंगबाट कार्य सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको विश्वास दिलाउन चाहन्छ भनेको छ।