८माघ, पोखरा ।अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे विरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै एन्फा अध्यक्ष गुरुङलाई कुटेपछि आज दीपक मनाङ्गे विरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्।
खेल मैदानमै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा सांसद मनाङ्गेलाइ कारबाही माग गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले जाहेरी आइसकेको तर दर्ता हुन बाँकी रहेको बताए ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...