युएनए सम्मेलनको फेसन शोमा सोनी राजभण्डारी र नग्मा श्रेष्ठ टेक्सास आउने

Hollywood Khabar April 12,2017 Comments

अप्रिल ११, डालस, टेक्सास। 

मे महिनाको अन्तिम साता अर्थात् मेमोरियल विकेन्ड (मे २६-२८) मा डालस मा हुन लागेको युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो साधारण सभामा प्रस्तुत हुने विभिन्न कार्यक्रमहरु मध्ये फेसन शो पनि एक महत्वपूर्ण कार्यक्रम हो। सोहि फेसन शो मा मिस नेपाल अर्थ/इन्टरनेसनल (२०१४)सोनी राजभण्डारी आफ्नो विद्वता, सुन्दरता र क्षमता प्रदर्शन गर्न र फेसन शोमा सहभागीहरुलाई हौसला प्रदान गर्न डालस आउने भएकी छिन। २०१४ मा मिस पोखरा नियुक्त भए पछि सोहि बर्ष मिस नेपाल अर्थ/इन्टरनेसनल २०१४ घोषित भएकी सोनी जापानमा सम्पन्न अन्तररास्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन।

सोनीले युएनएको फेसन शोमा शो स्टपरको रुपमा प्रस्तुत हुनेछिन । कल्चरल र्याम्प शो नाम दिइएको उक्त प्रस्तुतिमा अमेरिकामा रहेका चर्चित नेपाली मोडेलहरुले भाग लिनेछन । सो अबसरमा सोनीले फेसन शोमा सहभागी मोडेलहरुलाई फेसन उद्योगसंग सम्बन्धित सम्पूर्ण जानकारी उपलब्ध गराउनेछिन भने फेसन मै आफ्नो भविस्य बनाउन चाहने मोडेलहरुलाई फेसनको भबिस्य, यसको ब्यबसायिक सफलताका शुत्रहरु  बारे आफ्नो अनुभव प्रस्तुत गर्नेछिन् । त्यसै गरी फेसन शोका सहभागी मोडेलहरुको अलग्गै सेसन संचालन गरिनुको साथै सहभागीहरुलाई फेसन सम्बन्धि जानकारीमुलक सेसनमा सोनीले प्रमुख बक्ताको रुपमा प्रस्तुत हुनेछिन।

युएनए ले गर्ने उक्त फेसन शोमा सहभागी हुनेहरुको लागि केहि दिनमै निबेदन खुल्ला गरिंदैछ। बिगतका फेसन शोहरुमा धेरै मोडेल मध्ये एक दुइ जनालाइ छानेर बाँकीलाइ अयोग्य जस्तो तरिकाले मुल्यांकन गर्ने प्रथा रहिआएको छ। युएनए ले त्यो परम्परा तोड्ने छ। हामीले युएनएको फेसन शोमा सहभागी हुने सम्पूर्ण मोडेलहरुलाई उनीहरुको ब्यबसायिक सफलताको लागि बिशेष तालीम दिने व्यवस्था गर्ने छौं। प्रस्तुति अनुसार स्थान तलमाथि भए पनि फेसनमा भबिस्य बनाउने लक्ष लिएका कुनै उम्मेदवारहरुलाई पनि अयोग्य घोषित गरिने छैन बरु उनीहरुलाई पनि समान अवसर प्रदान गरिनेछ। यो प्रतिष्पर्धामा हरेक उमेर समुहका मोडेलहरुको लागि समान अवसर रहेको छ। फेसन शोमा सोनी संगै मिस नेपालसंग आबद्ध नग्मा श्रेष्ठ समेत हुनुहुन्छ। दुवै जना फेसन र ग्ल्यामर दुनियाका ब्यबसायिक व्यक्तित्व हुनुहुन्छ।

नग्मा श्रेष्ठ २००९ कि मिस कलेज बिजेताहुन्। २०१२ कि मिस नेपाल अर्थ बिजेता, मनिलामा २०१२ मा सम्पन्न मिस अर्थमा आठौँ स्थान, बेजिंगमा सम्पन्न बिस्व मिस युनिभर्सिटी २०१६ मा तेश्रो, कायरोमा सम्पन्न मिस इको युनिभर्सको इको-टुरिज्म भिडियो अवार्डमा बिजेता नग्मा थुप्रै संघ संस्थाहरु बाट सम्मानित हुनुभएको छ। नग्मा र सोनीको यो केमेस्ट्रिले अमेरिकाबासी मोडेलिङ्गमा चाहना राख्ने नेपाली युबायुबतीहरुको लागि पक्कै ठुलो योगदान पुर्याउन सक्छ। यो फेसन शोमा सुबेक्षा भाडेलले डिजाइनिङ्गको काम गर्नुहुनेछ। त्यस्तै यो सम्पूर्ण फेसन शोको संयोजन डालस र अमेरिकामा चर्चित रायन अर्थात्  रबिन कार्की र अर्जुन सुबेदीले गरेका छन्। अत्यन्त कर्मशील यी युबाहरुको प्रयास पक्कै सफल हुने कुरामा कुनै शंका छैन। यसबाहेक सम्मेलन सम्बन्धि अन्य जानकारीको लागि युएनए कन्भेन्सन डट ओआरजीमा गएर जान अनुरोध गरिन्छ।