UNA सम्मेलनको कार्यक्रम सार्बजनिक

Hollywood Khabar April 24,2017 Comments

युएनए को प्रेस रिलिज
युनाइटेड नेपाली एसोसिएसनले मे २६-२८ मा सम्पन्न हुन लागेको दोश्रो सम्मेलनको प्रारम्भिक तालिका सार्बजनिक गरेको छ।
कार्यक्रमहरु आउने क्रम जारी रहेकोले यो नै अन्तिम तालिका भने होइन। सम्मेलनको मुख्य जोड युवा मै रहने छ। खेलकुद र साना बालबालिकाहरुको लागि कार्यक्रम समाबिस्ट छन्। सम्मेलनको उद्घाटन कार्यक्रम को सम्पूर्ण जिम्मा नेवा युएसए का प्रमेस श्रेष्ठले लिनुभएको छ। उद्घाटनमा सांस्कृतिक झाँकीहरु, नेपाली भेषभुषा लगायत नेपाल चिनाउने आकर्षक प्रस्तुतिहरु रहनेछन।हरेक साँझ डिजे नाइट आयोजना गरिएको छ। डिजेलाइ भब्य बनाउन डिजे मास्टर पी र डिजे मोमो जिम्मा दिइएको छ।
युनाइटेड नेपाली एसोसिएसन अमेरिकामा बस्ने नेपालीहरुको एउटा संगठन हो। २०१६ मा ५०१ सी अन्तर्गत स्थापित यो संस्थाको कार्यालय डालसमा रहेको छ। यसका संस्थापकहरु ५ जना हुनुहुन्छ भने २०१७ देखि यो संख्या बढेर १५ पुगेको छ। नेपालीहरुका विदेश वा स्वदेशका संस्थाहरुमा एकल नेतृत्वको अबधारणा मार्फत संस्थाहरु संचालन भएका पाइन्छ जसले गर्दा संस्थाहरु बलिया भएको पाइन्न। सोहि सिक्षाबाट पाठ सिकेर युएनएले सामुहिक नेतृत्वको अबधारणा ल्याएको छ। यो तरिकाले काम गर्दा नेतृत्व निर्माण हुँदै जाने भएकोले भबिस्यमा नेतृत्वको समस्या समेत नआउने हुन्छ। सबैलाई आफ्नै संस्था भन्ने अनुभूत हुने हुँदा सबैले बराबर रुपमा संस्थाको समग्र हितमा काम गर्ने हुनाले संस्था बलियो हुँदै जान्छ।
युएनए को एक मात्र उद्देस्य नेपाली युबाहरुलाई अमेरिकाको मुलधारमा सम्मानजनक स्थापित गर्नु हो। खेलकुदको माध्यमबाट उनीहरुलाई गतिशिलता प्रदान गर्नु, आबस्यक तालिम र श्रोत उपलब्ध गराउनु, दक्षताको प्रदर्शनको लागि प्लेटफर्म उपलब्ध गराउनु हाम्रो उद्देस्य हो। उनीहरुलाई उर्जा दिनु हो। ब्यबसाय गर्न चाहनेहरुलाई ब्यबसायिक तालिम उपलब्ध गराउने हाम्रो अर्को लक्ष हो। हामी बल्ल बामे सर्न लागेको हुनाले ती सबै कामहरु अहिल्यै हुन नसके पनि अन्तत्वगत्वा हामीले गर्ने त्यहि हो। यसको लागि हाम्रो संस्था बलियो र स्थापित हुन जरुरी छ। संस्था स्थापित हुन सक्रिय युवाहरु र जनशक्ति खाँचो पर्छ। युएनए ले त्यहि जनशक्ति निर्माण गर्दै छ।