१८ चैत्र काठमाण्डौं।संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको पुष्टि भएको छ।यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो।तीमध्ये दुई जना नेपाली निको भएका छन् ।
मन्त्रालयका अनुसार यूएईमा फागुन २६ (९मार्च) ९० मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए । त्यस्तै चैत १४ (९ मार्च) २७० मा थप दुई जना नेपाली सहित ७२ जना र चैत १५ (९ मार्च) २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ ।
सङ्क्रमित भएका ६ जना नेपालीमध्ये दुई जना गएको चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् र बाँकी चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेका नेपालीको अवस्था सामान्य रहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रिता धितालले जानकारी गराएकी छिन् ।
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...