Yagya Nepal, Attorney at Law, US Immigration

टिपिएस पछिको बाटो:यज्ञ नेपाल

Hollywood Khabar April 28,2018 Comments

अप्रिल २६, २०१८ मा डिपार्टमेन्ट अफ होमल्यन्ड सिक्युरिटीले एक सुचना प्रकासित गर्दै २०१५ देखी नेपालीहरुका लागि दिदै आएको टेम्पोररी प्रोटेक्टेड स्टेटसको समाप्तीको घोषणा गरेको र उक्त समाप्ती जुन २४, २०१९ बाट लागु हुने कुरा जनाएको छ। उक्त सुचनामा टिपिएसधारीहरुले पुन निबेदन गरी एक साल सम्मको लागि आफ्नो टिपिएस तथा वोर्क पर्मिट थप गर्न सक्ने र तेस्को लागि फेडेरल रजिस्टरमा छुटै सुचना आउने कुरा लेखिएको र जुन २४, २०१९ सम्ममा अन्य उपलब्ध कानुनी बाटो अबलम्बन गरी आफ्नो अमेरिका बसाइ सुरक्षित गर्न वा नेपाल फर्कने तयारी गर्न निर्देसन समेत गरिएको छ।

अब टिपिसधारीहरुलाई अमेरिकामा आफ्नो बसाइ सुरक्षित गर्न के कस्ता कानुनी बाटोहरु उपलब्ध हुन सक्छन त भने बिसएमा मैले छोटो जानकारी दिन खोजेको छु। हाल अमेरिकामा रहेका टिपिएस होल्डर हरु मुख्यत ३ किसिमका छन:

१, टिपिएस बाहेक अन्य कानुनी स्टेटस भएका- जस्तो विद्यार्थी वा वोर्क भिसामा रहेका ब्यक्तिहरु

२, टिपिएस बाहेक अन्य कुनै स्टेटस नभएका तर यू एस सि आइ एस वा इमिग्रेसन कोर्टमा असाइलम, केन्सलेसन अफ रेमुभल, विवाह वा अन्य आधारमा कानुनी हैसियत खोजिरहेका ब्यक्तिहरु

३, इमिग्रेसन कोर्ट बाट डेपोर्टेसन आदेस पाइ अपिल समेत खारेज भई फाईनल डिपोर्टेसन आदेस लिएर बसेका ब्यक्तिहरु

टिपिएसको अन्त भएपछी माथि उल्लेखित ३ समुह मध्य तेश्रो समुहमा रहेका ब्यक्तिहरुलाई समस्या पर्ने र उनिहरुले अन्य अन्य कानुनी उपचार अबलम्बन नगरे देश निकालामा पर्न सक्ने अवस्था रहेको छ । तेस्ता ब्यक्तिहरुको अवस्था अन्यको भन्दा जटिल छ किनकी फाईनल डिपोर्टेसन आदेस पाएकाहरुका लागि अन्य कानुनी बाटोहरु करीब करीब बन्द वा धेरै कम भईसकेको हुन्छ । तैपनी तिनिहरुले सम्बन्धित कानुन ब्यबसाइ वा अटोर्नीहरु सँग निम्न बिसएमा सरसल्हा गर्न सक्नेछन:
-मोसन टु रिओपन: पहिलेको अदालती प्रकृयामा उपलब्ध हुन नसकेको नयाँ तथ्य वा प्रमाण, कानुनमा परिवर्तन वा शरणार्थीको केसमा आफ्नो देशको अवस्था झन खराब भएको र आफु देशमा फर्केमा आफ्नो जिबनमा अरु खतरा बढ्न सक्ने प्रसस्त प्रमाण भएको खन्डमा निबेदकले इमिग्रेसन कोर्ट वा बोर्ड अफ इमिग्रेसन अपिलमा आफ्नो मुद्दा पुन खोल्न निबेदन वा मोसन गर्न सक्नेछन । त्यस्तो मोसन गर्न सकिने अन्य अवस्था भनेको निबेदकले अमेरिकि नागरिक सँग विवाह गरी पिटीसन पास भएको अवस्था छ भने पनि त्यो र अन्य परिस्थिती परिवर्तन भएको आधार समेतलाई देखाइ मोसन गर्न सकिने र त्यस्तो मोसन स्विक्रित भएको खन्डमा निबेदकको अमेरिकामा रहन सक्ने अवस्था आउन सक्छ । अन्यथा अमेरिकि नागरिक सँग विवाह भएको आधारमा मात्र त्यस्तो डिपोर्टेसन रोक्न मुस्किल हुने देखिन्छ । मोसन टु रेओपेन गर्दा सामान्यत रेमुवल आदेस भएको ९० दिन भित्रमा गर्नु पर्ने भएपनी देशको अवस्था परिवर्तन भएको र फर्केमा आफ्नो थप असुरक्षा हुने आधारमा वा पहिले आफु कोर्टमा सुचना नपाएको आधारमा जान नसकेकोले जजले इन एबसेनसिया रिमुवल आदेस गरेको अवस्थामा भने तेस्मा कुनै समयहद नलाग्ने र कुनै पनि बेला मोसन गर्न सकिन्छ ।