-NRNA उपाध्यक्ष सोनाम लामाको लाप्राक भ्रमण

NRNA:संघका उपाध्यक्ष सोनाम लामाको लाप्राक भ्रमण

Hollywood Khabar December 12,2019 Comments

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले ११ डिसेम्बर देखी १३ डिसेम्बर सम्म लाप्राकको भ्रमण गर्नु भयो । उहाँले त्यहाँ संघले निर्माण गरिरहेको लाप्राक नमूना वस्ती परियोजनाको अवलोकन गर्नुका साथै त्यहाँका लाभग्राही, वडा अध्यक्ष, गाउँपालिका प्रमुख र स्थानीय सरोकारवालाहरु संग भेटघाट गर्नु भयो । उहाँले सबै सरोकारवालाहरुसंग नमूना वस्ति बारे छलफल गर्नु भएको थियो ।

यसका साथै उहाँले त्यहा कार्यरत कर्मचारीहरुलाई काममा तिव्रता दिइ जतिसक्दो चाडो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनु भयो । हाल निर्माण कार्य अन्तिम चरणमा रहेको र चाँडै नै निर्माण कार्य सम्पन्न हुने कुरा परियोजना प्रमुखले जानकारी गराउनु भएको थियो । विषम एवम प्रतिकुल मौसमका बाबजुद पनि हाल सम्म त्याहाँ रहेका कामदारहरु र नेपाली सेनाले गरेको काम प्रति संघका उपाध्यक्षले प्रशंसा गर्नु भयो ।

यसरीनै उहाँले लाभग्राहीहरु संग निर्माण कार्यका दौरान भएका गतिविधिहरु बारे छलफल गर्नु भयो । लाभग्राहीहरुले समयमा नै काठको व्यवस्था नगर्दा निर्माण कार्यमा ढिलाइ भएको जानकारी गराउनका साथै निर्माण स्थल सम्म काठहरु ल्याउन कठिनाइहरुको सामना गर्नु परेको बारेमा पनि अवगत गराएका थिए । यसरी नै गाउँपालिकाका अध्यक्षले निर्माण भइसकेका घरहरुमा लाभग्राहीहरुलाई सार्नको लागि पहल गर्ने र साथै यस परियोजनामा स्थानीय तहबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

उपाध्यक्ष लामाले परियोजनामा सहयोग गर्नु हुने सबै सरोकारवालाहरु प्रति धन्यवाद प्रकट गर्नुका साथै सबै सरोकारवालाहरुलाई छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्न भयो ।

यस भ्रमणमा संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र सूचना प्रविधी तथा संचार अधिकृत रुपक लामिछानेको सहभागीता रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ