सरस्वती लामाले हङकङमा “रक” धमाका मच्चाउने

Hollywood Khabar September 13,2017 Comments

कृष्ण के सी/अमेरिका
रक गीतमा जम्दै गएकी गायीका सरस्वती लामाको पछिल्लो गीत “यस पालीको तीज पनि रक मै जम्ने भो” लाइ बिश्वभरिबाट २० लाखको हाराहारीमा हेरे।
पहिलो एल्बमको “उडी जाने हावाले” बाट चर्चामा आएकी लामाको दोश्रो एल्बमको “उर्वसी” ले धेरै दर्शक/श्रोताहरु नचाउने गरेको छ। देशभरिका थुप्रै जिल्लामा आफ्नो स्टेज सो गरिसकेकी गायीका लामा दर्शक नचाउने गायक/गायीका मध्यकी एक हो। लामाले सो कार्यक्रमको लागि बिशेष बनाउने राम्रो तयारी गर्दै गरेको बताउनु भएको छ।
पहिलो पटक नेपाल बाहिर हङकङ नेपाली महासंघको आयोजनामा “रमाइलो शरद साँझ” हङकङमा लामाले धमाका नै मच्चाउने कुरा आयोजकहरुले बताएका छन्। उक्त साँझमा लामाका साथमा दिलिप फोम्बो, बलराम समाल, नोभा लिम्बू र रेश्मा पुनले पनि प्रस्तुती गर्नुहुने छ।
कार्यक्रम:
17 September 2017
7 PM
Yau M Tei Community Hall