नमूना विद्यालय निर्माणमा जुटे रोल्पाली

Hollywood Khabar January 29,2017 Comments

रोल्पावासी यतिबेला नमुना विद्यालय निर्माणमा जुटेका छन्। घोप्टेओढार जिनाबाङ रोल्पामा रहेको  सिद्दार्थ माध्यमिक विद्यालयमा भौतिक सुधारगर्नअभियान चलाएर रोल्पाली अहोरात्र खटिएका हुन्। गैरआवासीय नेपाली संघ साउदी द्वाराअनुदान प्राप्त  १० लाख ५० हजार रकमबाट  दुइकोठे पक्कि भवन निर्माण गरिदैछ। एनआरएन साउदीबाट रकम उपलब्ध भएपछि  स्थानीयवासीहरुले भवन निर्माणमा थप श्रम अनुदान गरेका छन् ।
 
पिलर सहितको विद्यालय भवनको दुइकोठे पक्कि भवन र फिल्ड निर्माण कार्यभइरहेको छ।नमुना विद्यालयको भौतिक सुधारगर्नका लागि सहयोगको प्रतिबद्धता आइरहेको अभियानका संयोजक प्रेम बहादुर ओलीले बताउनुभयो । विद्यालयलाइ भौतिक सुधारका लागि  सहयोगको आह्वान समेत गरेको छ । कुल १४,३२० बर्ग मिटर रहेको बिद्यालयको क्षेत्रफल भित्र १० हजार बर्ग मिटरको फिल्ड निर्माण गरी प्राङ्गणमा स्थानीयवासीहरुले सिद्द्को पुजा गर्दै आइरहेको प्राकृतिक टापुलाई संरक्षण गरि फिल्ड निर्माण गरिएकोछ। ।उक्त टापुलाई भबिस्यमा पिरामिड आकारको “भिउ टावर” को रुपमा बिकसित गर्ने बिद्यालय ब्यबस्थापन समितिले जनाएकोछ ।