नेपाललाई अपराधको ट्रान्जिट बनाउदै :प्रहरी

Hollywood Khabar January 28,2017 Comments

नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउन लागेको एक अध्ययनले देखाएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले गत वर्ष तयार गरेको प्रतिवेदनमा लागूऔषध, जाली भारतीय रूपैयाँ र मानव तस्करी तथा सुनका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएको उल्लेख छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल अपराध अनुसन्धान विभागमा रहँदा सो प्रतिवेदन तयार गरी मातहतका निकायलाई जानकारी गराइएको थियो। सो प्रतिवेदनमा अन्तरदेशीय सम्पर्कका अपहरण, लागूऔषध, जाली नोट तस्करी, हातहतियार र मानव तस्करीका घटना बढेको उल्लेख छ। त्यसको अनुसन्धानसमेत जटिल बन्दै गएको विभागले उल्लेख गरेको छ।