नेपाल बायुसेवा निगमलेअमेरिकी कम्पनी मार्फ़त विमान खरिदगर्दै

Hollywood Khabar January 29,2017 Comments

नेपाल बायुसेवा निगमले दुइटा नयाँ वाइडबडी विमान खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पाेरेसनलाई १० करोड रुपैयाँ बैना दिने भएकोछ।जहाज खरिदका लागि एएआर कम्पनी र बायु सेवा निगमबीचशुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएपछि दुई वटा विमान खरिदको लागि बायुसेवा निगमले १० करोड रुपैयाँ बैना दिँदैछ ।
 
बायुसेवा निगमका सहायक प्रवक्ता शैलेश कंसकारले दुई नयाँजहाज खरिदका लागि एएआर कर्पाेरेसनसँग सम्झौता गरी १० करोड रुपैयाँ बैना दिने बताउनुभयो।दुइटा वाइडबडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर करर्पोरेसन छानिएको थियो ।अहिले निगमसँग वाइडबडी जहाज छैन । वाइडबडी ल्याएर लामो दूरीमा उडाउने निगमको योजना छ। निगमले दुबै जहाज २०७४ भित्रै ल्याउने तयारी गरेको छ।