-कोभिड १९ ब्यबस्थापनमा एनआरएनए एनसीसी कतारका गतिविधिहरु

कोभिड १९ ब्यबस्थापनमा एनआरएनए एनसीसी कतारका गतिविधिहरु

Hollywood Khabar May 31,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारले कोरना भाइरस डिजिज (कोभिड १९) महामारीको ब्यबस्थापनका लागि गरेका पछिल्ला गतिबिधिहरु यहाँ प्रस्तुत गरिएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मार्फत कोरना विरुद्ध लड्नका लागि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता र विभिन्न मुलुकमा रहेका नेपालिहरुलाई यो माहामारीबाट बचाउन त्यहाँ सम्बद्ध एनसीसीले गर्नुपर्ने विभिन्न सचेतना, साबधानी र सहयोगका कदमहरु साथै सम्बन्धित मुलुकमा रहेका नेपालीहरुको अवस्था जानकारी बारे प्राप्त सर्कुलर अन्तर्गत एनसीसी कतारले निम्न अनुसारको गतिविधिहरु गरिरहेको जानकारी गराउदछौ।

१) एनआरएनए एनसीसी कतारको महिला उपाध्यक्षको सम्योजकत्वमा गठित सुरक्षा तथा सचेतना बिभागद्वारा कतार सरकार, नेपाल सरकार, नेपाली दुताबास, आईसीसी र विभिन्न स्वास्थ्य सस्थाहरुबाट तयार पारिएको कोरना भाइरसका लक्षणहरु र यसबाट बच्ने उपायहरु सम्बन्धित लेख रचनाहरु, पोस्टर र भिडियो क्लिपहरु सामजिक संजाल मार्फत व्यापक प्रचार गरिएको।

२) एनआरएनए एनसीसी कतारद्वारा कतार रेड क्रसियन्टको समन्वयमा कतार स्थित विभिन्न स्थानमा रहेका ७,००० नेपाली श्रमिकहरुलाई विभिन्न चरणमा कोरना भाइरससित सामाना गर्न अति आवस्यक स्वास्थ्य सामाग्री (मेडिकल कीट) बाढिएको।

३) कोरना भाइरस नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरु पालना गर्न गराउन एनसीसीको तर्फबाट प्रतिनिधि पठाई यहाँको सरकारद्वारा जारी गरिएको गतिविधिमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै निरन्तर सहभागी भएको।

४) कोरना भाइरस नियन्त्रणमा कोरोना भाइरसका कारण बिगत एक महिना देखि लक डाउनमा रहेको कतारको सनैया (औद्योगिक क्षेत्र १ देखि ३२) सम्म को अबस्थाका बारेमा पहिलो पटक बिभिन्न समुदाय मिडिया र प्रतिनिधिहरुले अबलोकन गरेका छनl कतार सरकारका गृह मन्त्रालयका अधिकारीहरुको अगुवाईमा भएको अबलोकन भ्रमणका लागि नेपालि समुदायका तर्फबाट गैर आवसीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद कतारका महासचिब पदम गिरी र दित्तिय उपाध्यक्ष कुमार सहभागिता रहेको थियो l

भ्रमणका क्रममा लक डाउनमा रहेका नेपालीहरुको स्वास्थ्य अबस्था, खान पिन, तलब लगायतका प्रत्यक्ष सरोकार राख्ने बिषयमा सोधपुछ गरिएको थियो l

५) कोभिड १९ नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा देखा परेका खानपिनको समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतार र नेपाली नियोगको सम्योजनमा कतार सरकारको गृह मन्त्रालय मार्फत कतार च्यारिटी र कतार रेड्क्रसियन्ट बाट प्राप्त खाद्यान्नको राहत प्याकेज तथा एनसीसी श्रमिक कोषबाट गरि अहिले सम्म तेर्हौ चरणमा ३७९४ जना खाद्यान्नको समस्यामा परेका नेपाली श्रमिकहरुलाई १५ दिनका लागि पुग्ने खाद्यान्न राहत प्याकेज (विभिन्न ९ आइटमको फुड कीट) हस्तान्तरण गरिएको छ।

पछिल्लो समय २२ मे २०२० का दिन कतार सरकारको गृह मन्त्रालय मार्फत कतार च्यारिटी बाट प्राप्त ५००० खाद्यान्नको प्याकेज मध्य २७११ प्याकेज एनसीसी कतारमा मौजुदा रहेको र उक्त खाद्यान्न नेपाली दूतावासको हलमा भण्डारण गरिएको जानकारी गराउदछौ।

६) कोरना विरुद्ध लड्न नेपाल सरकारले स्थापना गरेको आपतकालीन कोषमा आईसीसीले सहयोग गर्ने प्रतिबद्धता र त्यस उपर सहयोग गर्न एनसीसीलाई गरिएको अनुरोध अनुसार एनसीसी कतार द्वारा आर्थिक सहयोग संकलन शुरु गरिएको र हाल सम्म करिब नेपाली ९ लाख संकलन भैइसकेको र यहाँका अवस्था सामान्य भए पश्चात् आईसीसीको खातामा जम्मा गरिने छ।

७) कोभिड १९ को प्रभाव बाट रोजगार गुमाई बस्नका लागि आवासको समस्यामा परेर दूतावासको सरणमा आईपुगेका ७ जना नेपाली श्रमिकहरुलाई बिगत २ महिना देखि एनसीसी कतारले खाना र आवासको ब्यवस्थापन गरिएको छ।

८) कतारमा कोरनाको महामारी लम्बिएको अवस्थामा नेपाली समुदायमा आउन सक्ने सम्भाबित समस्याहरु र त्यसको सामाधानका लागि कतारमा रहनु भएका आईसीसी प्रतिनिधि ज्युहरु र कतारमा स्थापित नेपाली संघ संस्थाहरु सङ्ग बिशेष छलफल र सुझाब संकलन गरिएको छ।

माथी उल्लेखित गतिविधिहरुलाई एनसीसीले निरन्तरता दिदै एनसीसीले सम्भब भए सम्मका कार्यक्रमहरु गर्ने र सहभागीता जनाउने छ।

पछिल्लो चरणमा बितरण गरिएका राहत प्याकेजका केही फोटोग्राफहरु पनि यहाँहरुको जानकारीका लागि एट्याच्ड गरिएको छ।

पदम गिरी

महासचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार

जुन १, २०२०