Yogen Chhetri

एनआरएनएका हस्तीहरुको ड्रामा र पिचासी प्रवृतिले धेरै सिकायो

Hollywood Khabar August 08,2017 Comments

योगेन क्षेत्री, यूके, अगष्ट १०, २०१७

एनआरएनएका हस्तीहरुको ड्रामा बाजिले हामी जस्ता सिकारुहरुलाई पनि धेरै सिक्ने र बुझ्ने मौका मिल्दैछ।ड्रामाका पात्रहरु संघका अति विशिष्ट व्यक्तिहरुको एक्टिङ्गले नया प्रवेश गर्नेहरुलाई पनि अनेकौ कुरा सिक्ने एउटा सुनौलो मौका दिएकोमा उहाँहरुलाई हामीले सगौरब धन्यवाद ज्ञापन गनु पर्दछ।

एनआरएनएको बिधान, महादिवेशन आयोजक जस्तो अति संबेदनशिल अनि जिम्मेवारी पदमा आसिन व्यक्तित्वले संघको भाग्य रेखा कोर्ने समयमा झुटा र जालसाझ पूर्ण काम गर्दै आफुलाई अझै बिबादमा रुमलिनु मानवीय नैतिकता भन्दा तल गिराएर अतिबादी पिचासी प्रवृतिलाई बढाब दिएको देखिन्छ।

कानुनी राज्य र विधिको शासनमा रमाउने विश्वलाई अन्धकारको कालो कोठरिमा धकेल्नु मानव सभ्यताको बिपरित र हैकमबादी ठाडो आदेशमा एनआरएनएलाई गुमराह गर्न लाग्नु संस्थाको गरिमामय आस्थामालाई भग्नावशेष बनाउने प्रपन्चमा तल्लिन भएको नक्कली जादुगर एनआरएनएका सल्लाहकार तथा बिधान समितिका संयोजकले आफैले निर्माण गरेको बिधान र नियम कानुन तथा बिधि-बिधान लात मार्दै नक्कली र लज्जास्पदपूर्ण कार्य गरेको पुरा प्रमाण अहिले सामाजिक संजालमा छ्याप-छ्यापी भाइरल भइरहेको छ।

गत ३० जुलाई फ्रान्कफर्टमा गठित तीन सदस्यीय छानबिन समितिका संयोजक एनआरएनएका संरक्षक दिल गुरुङको सहभागीयता बिना एनआरएनएको सचिवालयमा प्रतिबेदन पेस गरेको पुरा प्रमाण पनि सामाजिक संजालमा प्रतिक्रियाको रुपमा हेर्न र पढन पाइरहेकोमा सामाजिक संजालकर्ता दुखित भएको महशुस गरी रहेछौ।

सम्मानित पदमा आसिन व्यक्तित्वले खेलेको खलनायक चम्चेको पात्रको भुमीका निर्बाह गर्नेहरुले संघको अभियानमा पुगेको चोट र समृद्ध नेपाल निर्माणमा गैर आवासीय नेपालीहरुको मन मस्तिकमा देखा परेको भ्रामिक नकारात्मक गिर्दो मनोबललाई अझ धेरै सहारा पुगेको छ। स्वादेश तथा बिदेशमा समय परिस्थितिलाई लेखा जोखा गरी गैर आवासीय नेपालीहरुको हक अधिकारहरुको शुनिश्चित गर्न स्थापना गरिको गौरवशालि संस्था गैर आवासीय नेपाली संघको अस्तित्वलाई धोस्त पार्न उदयमान भएका कौरब र धृतराष्ट्रहरुको गैर आवासीय नेपालीहरुको समुदायबाट औचित्त समाप्त भई सकेको संकेत गर्दछ।

उनीहरु ४५ लाख गैर आवासीय नेपालीहरुलाई आफ्नो एक हातको खेलौना बनाउन चाहन्छन। अन्धविश्वासी र शंकास्पर्ध बहानाबाजीमा गैर आवासीय नेपालीहरुको समाजलाई बिखन्डन गर्ने नस्लबादी तत्वहरुले स्वदेश तथा बिदेशमा नकारात्मक असर छाडदै छन। यति मात्र हैन, गाली गलोज र व्यक्तिगत चरित्रलाई हत्या गर्ने गरी सामाजिक जीवन सिध्याउने खालको अभिव्यक्तिहरु आफैले संचालन गरेका अनलाईनहरुमा प्रकाशित गर्दै एनआरएनहरुलाई नकारात्मक तरंग पैदा गरेका छन्।

यसबाट नेपाली जनमानसमा पर्न गएको एनआरएनएको प्रतिष्ठाको उल्टो असरको जिम्मेवारीको छानबिन कसले र कहिले गर्ने ? एउटै व्यक्ति अघोषित रुपमा एनआरएनहरुको बिरोधी पत्रकार र एनआरएनएको सल्लाहकार भएकोले आईसीसीको निर्णयहरु आउनु भन्दा पहिला आफ्नो अनलाईनमा गाली गलोज र झुटा-पिटा यता-उता टालटुल गरी नक्कली समाचार तयार गर्ने धुर्त ब्याकमेलीले गर्दा गैर आवासीय नेपालीहरुको समाजलाई अन्ध बिश्वासको कठघरामा राख्ने प्रयास निरन्तर भइरहेको छ।

एनआरएनएको विधानलाई आफ्नो गर्ल फ्रैंडको लव लेटर सम्झनेहरुले गैर आवासीय नेपाली संघको नामलाई पनि डलरमा बिक्रि गर्न बैना-पट्टा गरिसकेका छन। अक्टुबरमा बिश्व सम्मेलन सम्म पुग्दा एनआरएनए अमेरिकालाइ न्याकमा मर्ज गराएर अब कस्तो नाम हुने हो त्यो भने हेर्न बाकी नै छ? होइन तसो गर्न अमेरिकी एनआरएनहरुको साधारण सभा पनि चाहिने होइन कि कसो ? तोक आदेशमा न्वारन गर्यो बस भयो ! हाय हाय एनआरएनए !