NRNA:सान फ्रान्सिस्कोमा उम्मेदवारहरुको डिबेट र प्रस्तुति अद्दितिय हुने

NRNA:सान फ्रान्सिस्कोमा उम्मेदवारहरुको डिबेट र प्रस्तुति अद्दितिय हुने

Hollywood Khabar April 16,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१९ निर्वाचनका उम्मेदवारहरुको प्रस्तुति तथा अध्यक्षका उम्मेदवारहरुसँगको डिबेट कार्यक्रम २० अप्रिलमा आयोजना गरिएको छ।

कार्यक्रमम अद्दितिय र उत्कृष्ट बनाउन सबै तयारी पुरा गरिएको छ। हल, कार्यक्रम पस्तुतकर्ताहरु, कार्यक्रमको चेयर गर्ने व्यक्ति, डिबेटको प्रश्नावली, आचार संहिता सबै तयारी गरि सकिएको छ।

उपस्थित हुने उम्मेदवारहरुको लागि अग्रिम रजिष्ट्रेशन समेत सुरु गरिएको छ। सबै उम्मेद्वारहरुलाइ आफ्नो प्रस्तुत गर्ने निश्चित मौका पदान गरिनेछ।

अध्यक्षका उम्मेदवारहरुले संस्था र आफ्नो योगदान अनि आफ्नो अबधिमा संस्थालाई कस्तो बनाउने भन्ने प्रष्ट पार्नेछन्। उनीहरुको पत्रकार र फ्लोरसंगको फेसिङ्ग भन्ने झनै रोचक हुने विश्वास गरिएको छ।

कार्यक्रम Golden Peacock Banquet Hall, 24989 Santa Clara Street, Hayward, CA 94544 मा ठिक ५ बजे सुरु गरिने छ। कार्यक्रममा सान फ्रान्सिस्को ग्रेटर बे एरियाका सम्पूर्ण नेपाली समुदाय, संचारकर्मी, पत्रकार र मिडिया संचालक सबैललाई हार्दिक निमन्त्रणा गरिएको छ।

नोट:कार्यक्रमको लागि उम्मेदवारहरुले आफ्नो फ्लाइट टिकेट सान फ्रान्सिस्को इन्टरनेश्नल, सान होजे इन्टरनेश्नल या ओकल्याण्ड इन्टरनेश्नल मध्ये कुनै एक एयरपोर्टमा बुक गर्न सक्नुहुनेछ।

संबन्धित पूर्व समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस:

NRNA:उम्मेदवारहरुको सान फ्रान्सिस्को प्रस्तुति र डिबेट उत्कृष्ट हुने

https://hollywoodkhabar.com/nrnausa-debate-sfonotice3

NRNA NCC USA:सान फ्रानसिस्कोमा उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट हुँदै

https://hollywoodkhabar.com/nrnanccusa-debatesfo-hk20ap

NRNA NCC USA: उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट, अप्रिल २०, सान फ्रानसिस्को

https://hollywoodkhabar.com/debate-nrnausa-ap20sfo

हलिउडखबरको फेसबुक लाइक पेज खोलेर लाइक गरिदिनुहुन अनुरोध

https://www.facebook.com/krishnakc2017/