एनआरएन अमेरिका आसन्न २०१६ बार्षिक साधारणसभा र बिधानमा हुनुपर्ने कुराहरु -कृष्ण के सी

Hollywood Khabar January 10,2017 Comments

कृष्ण के सी

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निकटमा नै बार्षिक साधारणसभाको दिन पनि तोकिएको छ।मैले ब्यक्तिगत रुपमा समय देखेका कुराहरु तुरून्त अर्को अधिबेशन गर्नुपर्ने निकटता आदि कारणले गर्दा यो सभालाई हाइबृडमा जांदा राम्रो हो भनेको थिय। त्यो मेरो सुझाव कारण सहित थियो। तर पनि निर्णय भएको अवस्थामा अन्यथा भन्ने कुरा रहेन।अब ऐलेको अबस्थामा मैले दिने भनेको सुझाव मात्र हो। त्यों पानी जम्मा जम्मी एउटा सुझाबमात्र। त्यो हो बिधान संशोघन गर्नुहोस। बिधानको संसोधन आफुलाई उपयुक्तहुने अनुसार होइन संस्था चलाउन र एनआरएन अमेरिकालाई सक्षम बनाउनको लागि र आईसीसीसँग बाझिएका कुराको एडजस्टमेंट गर्नतीर लाग्नुहोस भन्ने मेरो सुझाब हो। अन्य इस्स्यू खासै नभएकोले यो नै सही मौक़ा हो बिधान संसोधन गर्ने।  

एनआरएन अमेरिकामा मेरो कुरा गर्ने हो भने २०१४ को कार्यकालमा म आफू मिडिया कोअर्डिनेटर थिए। हाम्रो कार्यकालमा म आफु बिधानको मर्यादामा ९ औ तार कमको जिम्मेवारीले तेश्रो स्थानमा थिए। अध्यक्ष, महासचिव अनि म मिडिया कोआर्डिनेटर। आफ्नो कार्यकालको आफैले गरेको कामको मूल्यांकनन मैले होइन सो कार्यकालका १९ जनाको कार्यसमितिमा म बाहेक अरु १८ जना, नेपाली मीडियाका साथीहरु, नजिकबाट हेर्ने अरु एनआरएन अभियन्ताहरुलाई सोध्नुपर्छ। यदि उहाँहरुबाट पाउने जवाफमा मेरो कामको प्रभावकारितामा म आफू ७०% भन्दा तल परेछु भने चुनौती दिन्छुकी यो एनआरएन अभियानबाट म आफै पुरै रुपमा बहिरिनेछु। यो मेरो घमण्ड होइन चुनौती हो।बिशेष गरी दोश्रो कार्यकालमा जान आकांक्षीहरुको लागि। हुन त यो कुरालाई साइबर बुलिंग गर्नेहरुले अनर्थ लेख्छन तर त्यो समय अब धेरै बाँकी छैन।मैले एटार्नीसँग $२०० शुल्क तिरेर क्यालिफोर्निया प्यानलकोड र एफबीआईको कुरा सिकेको छु बाँकी छ त केवल समय। 

हाम्रो कार्यकालमा म आफू बिधान कमिटीमा पनि थिए। बिधान कमिटीमा सबै भन्दा धेरै छलफल र बहस गर्ने ब्यक्ति भनेको दुइजाना थियौ। तत्कालीन बिधान कमिटी चेयर दुर्गा भूर्तेलजी अनि म कृष्ण के सी। हामी नयाँ थियौ, काम धेरै थिए, छलफल गरेर हिड्ने समय सम्म  थिएन हाम्रा सामु। तर पनि गरियो धेरै कुराको ब्यबस्था र परिमार्जन। यो निरंतर हुने कुरा हो। 

बिधान हरेक दिन एक्टिभ हुने कुरा होइन। बिधानका हरेक कुरा संस्थाको कामको प्रकृति र अगाडी गर्नु पर्ने कामलाइ बाँधेर सही रुपमा लैजानको लागि भाषालाई बाँध्ने ब्याकरण जस्तै हो। तत्काल यो मेरो कुरा एनआरएन अमेरिकाका बिधान कमिटिले वास्ता गर्ला या नगर्ला तर पनि मेरो कुरा राख्छु केही बिषयमा। जे म राख्दै छु त्यो हाम्रो पालामा पनि मैले राखेकै हो तार पूरा गर्न सकिएन। दिने बिषय अरु धेरै होलान तर मेरो उठानको बिषय भने निन्न छन:

१. कार्यसितका पदाधिकारी, आईसीसी बिधानसंग मेल गराउनको लागि एनआरएन अमेरिकाका पहिलो कार्यकाल (सुमन तिमलसिना अध्यक्ष भएको, औपचारिक रुपमा एनआरएनको नाम र लोगो चलाएको कार्यकाल नै पहिलो कार्यकाल हो) देखि कम्तिमा एक कार्यकाल एनसीसी या आईसीसीको कार्यसमिति भित्र रहेर काम गरेको ब्यक्ति नै अध्यक्षको लागि उम्मेद्वार हुनसकने भन्ने आईसीसीको बिधानसग मेल गराउने। अन्य पदका लागि भने भ्यालीड सदस्य र अन्य योग्यता पुगेको भय हुनेछ।

२. अमेरिकाबाट आईसीसीका लागि गर्ने प्रत्यासी र कोअपमा सिफारिस गरेर जाने आईसीसी सदस्यहरुको लागि पनि सोही अनुसार कुनै दुइ मध्ये एकमा एक कार्यकाल काम गरेको हुनुपर्नेछ।

३. कार्यसमिति या आईसीसी प्रतिनिधिमा पनि एकै पदमा दुइकार्यकाल गरे पछि तेश्रो कार्यकालमा प्रत्यासी हुन पाउने छैनन।

४. कानून मुताबिक अमेरिकामा दर्ता भएको संस्था भएता पनि एफिलेशन एनआरएनसँग भएको र उसको नाम, लोगो र सुबिधा लिएको हुनाले एफीलेशनको समायोजन गर्नु जरूरी छ। त्यो सम्बन्धी बिधानमा नै लेखेर ब्यबस्था गर्ने। 

५. उपाध्यक्षलाई क्षेत्रीय उपाध्यक्ष भनिएको छ।त्यो हटाएर उपाध्यक्ष मात्र भन्नुपर्छ। निर्वाचित भएपछि पायक पर्ने गरी राज्य मिलाएर क्षेत्रीय जिम्मेवारी दिन सकिन्छ। होइन भने अध्यक्ष, उपाध्यक्ष एक र पाँचजना क्षेत्रीय संयोजके मात्र बनायो भने उपयुक्त हुने देख्दछु।

६. हालको च्याप्टर एउटा प्रयोगको रुपमा भयो थियो। यो प्रयोग एउटा स्वोतन्त्र र बिधि-बिधान मान्ने समुदायका लागि उपयुक्त हुने रहेछ। तर नेपाली समुदायमा भएको सिकाई भने अराजक हुने रहेछ, धेरै यस्ता कुरा देखिन गयो, संस्थाको नाम, लोगो, पद आफ अनुसार दुरुपयोग मात्र होइन नभएको पद सृजना गरेर प्रमाणपत्र दिने काम समेत भएको छ। यसबाट संस्थालाई फाइदा भन्दा लफड़ा र उदण्ड हुने अबस्था भयो। एनआरएन अमेरिका भनेको स्थानीय संस्थासँग प्रतिस्पर्दा गर्न होइन तर कतिपय ठाउँमा तेसो गरेको पनि देखिएको छ। यसर्थ अब उपरान्त एनआरएन अमेरिकाको च्याप्टरलाइ पूर्ण रुपमा खारेज गर्नुपर्छ। तेस्को सट्टा स्टेट कोआर्डिनेटर भनेर एकजना मात्र ब्यक्ति हुने ब्यबस्था गर्नुपर्छ।कम्तिमा पनि १०० भन्दा धेरै सदस्य भएको राज्यमा स्टेट कोआर्डिनेटर हुन सक्नेछन। 

७. डेलिगेट्स कसरी छान्ने भन्ने कुरा आईसीसीको निर्देशिकासमेतको संयोजन हुनेगरी उपयुक्त ब्यबस्था गर्नुपर्छ। 

८. कमिटिहरु आबश्यकता अनुरूप बनाउन पाउने भएता पनि केही अत्याबस्यक मात्र कमिटी बनाउने, तेस्मा एकजना संयोजक र ४ जना सदस्य गरी जम्मा ५ जजाको मात्रा बनाउने। कमिटीमा पनि सल्लाहकार र के के पद धेरै बनाउने कुरा नियंत्रित गर्नुपर्ने देखिन्छ।

९. सल्लाहकार- १५ जनाबाट ५ जना मात्र बनाउने। सल्लाहकारहरु हरेक बिषयमा बिज्ञलाई मात्र मनोनयन गर्ने। जस्तो की कर्पोरेट ल बाट १, श्रोतबिकास, मानवबिकास र जनसरोकारमा पीएचड़ी या सो सरहबाट १, सीपीए १ जना, एनआरएन अभियानमा उल्लेखनिय काम गरेका अर्थात एनआरएन बिशेषज्ञ मध्येबाट १ जना, सफल रुपमा ब्यबसाय गरेका (छान्ने कुनै एक मापदंड राखेर) ब्यक्ति मध्ये एकजना मात्र। संस्थामा सही रुपमा सल्लाह दिनको लागि योग्य ब्यक्तिको आबश्यकता पर्छ तेसैले जात, भात र लिंगका आधारमा छनोट गर्ने होइन संस्थालाई चाइएको ब्यक्ति लिने हो।

१०. प्रेसिडेन्ट क्लब - संस्थालाई हाँकेको ब्यक्तिहरुको आबश्यकता मात्र होइन सम्मान पनि गर्नुपर्छ। तसर्थ स्थापना देखि संपूर्ण अध्यक्षहरुको सल्लाह, सुझाव र सहयोग लिनको लागि प्रेजिडेंट क्लब र प्रत्येक ३ महिनामा कंफ्रेंसकल र बर्षको एक पटक साधारण सभाको नजिक पारेर बैठक नै राख्नु उपयुक्त देख्दछु। प्रेजिडेंट क्लबको संयोजन अध्यक्षले गर्ने।  

११. सदस्यका योग्यता - संस्थाको सदास्यको योग्यता नेपाल सरकारले एनअरएनलाइ दर्ता गर्दा गरेको ब्याख्या, गैर आवासीय नागरिकता पाउने संबैधानिक सुबिधाका अनुसार अनि आईसीसी बिधान अनुरूप र थप समेतको ब्यबस्था अनुसार गर्ने।

१२. सदस्यता कार्ड - बिभिन्न बेनिफिट्स सहित हरेक सदस्यलाई सदस्यता कार्डको ब्यबस्था गर्ने। निर्वाचन आयोगले निर्वाचन अबाधि भरिलाई रोकेको अबस्थामा बाहेक सदस्यता ७/२४ अनलाइन बन्ने र भेरिफिकेशन गरेर ३/४ बिजनेश हप्तामा सदस्यको घरमा नै मेलमा पुग्ने ब्यबस्था गर्ने। 

१३. सदस्यताको भेरिफिकेशन गर्ने बिधि तोक्ने  

१४. संस्थाको नाम र सम्बंधित कुराको दुरुपयोग गर्ने, अराजक भएर आफ्नो जिम्मेवारी भन्दा बाहिर गरेर सूचना दिने, कुरा ब्यक्त गर्ने, पद बहाल हुँदाको अबस्थामा अन्य सामाजिक ५०१ सामाजिक संस्थाको कार्यकारी समिति या सो सरहको पदम बस्ने, सल्लाहकार बन्ने, संस्थाको नाममा सोसयल मीडिया, या उस्तै खाले नामको प्रयोग गरी भ्रम फैलाउने कार्यगर्ने, साइबर बुलिंग गर्ने लगायत कुराको प्रकृत हेरि संस्थाले कारवाही गर्ने, बिधानको कुरा भएमा जुडिसियल कमिटी र अपराधको कुरा भएमा तुरुन्त सिटी पोलिस या एफबीआईमा रिपोर्ट गर्ने। तेस्ता ब्यक्ति संस्थाको सदस्य भएमा त्यो पनि खारेज गर्ने। 

१५. कुनै पनि न्यायीक कारबाहीमा परेका या अपराधिक गतिबिधिका कारण रिपोर्टिंग गरेका ब्यक्ति बाई डिफल्ट बर्तमान पदबाट सस्पेंडेड हुनेछन। फैसलाबाट दोस सहि नभएमा सो फैसलाको दिनबाट बाई डिफल्ट पदको फुकुवा हुनेछ।

१६. साइबर बुलिंग, सेक्स अफेण्डर या अन्य अपराधिक गतिबिधिका कारण अदालती प्रोबेशनमा रहेका ब्यक्तिहरुले संस्थाको कुनै पनि पद धारण गर्न, उम्मेद्वार हुन पाउने छैनन। यदि सो कुरा छुपाएर पदमा पुगेमा थाहा पाएको दिन देखि संस्थाको बिधान नमानेको कारण कानूनी रुपमा रिपोर्ट गर्ने र पदबाट मुक्त हुनेछन। पदमा भएको अबस्थामा तेस्तो हुन गयमा पदबाट सस्पेंड गरिने छ।

१७. एनआरएन अमेरिका या एनआरएनको नाम, लोगोबाट कुनै ब्यक्ति या संस्थाले सोसल मीडिया या तेस्तै अरुखाले प्रयोग गर्न पाउने छैनन।यदि गरेको देखिएमा एफबीआई या अन्य निकायमा रिपोर्ट गरिने, कर्पोरेट ल सूटको लागि समेत प्रकृया अगड़ी बढाउने।

१८. समान पदको बरियताको निर्णय जस्तै उपाध्यक्ष, बोर्ड आफ डाइरेक्टर/बोर्ड सदस्यको आदिको बरियता सबैभन्दा धेरै मात पाउनेको आधारमा गर्नुपर्ने। पहिलो कार्यकाल र दोश्रो कार्यकालको प्रश्न भएमा भने दोश्रो कार्यकालमा आउने बरियतामा अगाडी हुनेछन। एकै कार्यकालको निर्णय गर्नुपर्दा भने प्राप्त मतका आधारमा गरिने।