NRNA NCC UK Meets PM

NRNA: एनसीसी बेलायतले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझायो

Hollywood Khabar December 04,2018 Comments

बिनय अधिकारि/यूके

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेले २०२१ मा हुने बेलायतको जनगणनामा नेपाली पनि अंकित/दर्ता गरि पाउ भनि बेलायतका प्रधानमन्त्रीलाइ ज्ञापन बुझाएको छ।

कार्यक्रम सफल पार्नको लागि अल्डर्सटको एमपी लियो र काउन्सिल लिडर डेबिड र अलान सामेत थिए। त्यसैगरी गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, संरक्षक सुर्य गुरुङ, काउन्सिलर लक्ष गुरुङ, यूरोपिएन महिला संयोजक संगीता मरहट्टा, केन्द्रिय ट्रान्सपोर्ट संयोजक थर्क सेनका साथमा दर्जन भन्दा बढी मिडिया र पत्रकारहरु थिए। त्यसैगरी ६० भन्दा बढी संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु गरी ठूलो जमातको गरिमामय उपस्थिती थियो।