NRNA NCC USA Official Seal

NRNA:अमेरिकाकाको डेलिगेट्सको दोश्रो लिष्टका ४१ जनाको नाम सहित

Hollywood Khabar September 14,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१२/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले २०१९ को ९ औं बिश्वो सम्मेलन तथा अधिवेशनको लागि सहभागि हुने डेलिगेट्सको दोश्रो लिष्टमा ४१ जनाको नाम सार्वजनिक गरेको छ।

पहिलो लिष्टमा १५ जना आइसीसीका बाइ डिफल्ट डेलिगेट्स थिए। सोहि लिष्टमा छनोट गरिएका भनिएका ७९ जनामा वर्तमान र निवर्तमान कार्यसमिति, सल्लाहकार, केहि व्यक्ति जो कदापि संघको कुनै जिम्मेवारीमा नरहेका व्यक्ति समेतको नाम सार्वजनिक गरिएको थियो। तथापि सो पहिलो छनोटमा एनसीसीका पुर्व (निर्वाचित) पधाधिकारीहरु कोहि थिए भने धेरै थिएन। दोश्रो लिष्टमा पनि कतिपय निर्वाचितहरु परेका छैनन् तर केहि नाम कदापी संघको जिम्मेवारीमा नरहेकाहरु छन्।

आइसीका वर्तमान सदस्य, आरसी, डिआरसी (डिफल्ट) १५ जना, पहिलो लिष्टका ७९ र दोश्रोमा ४१ गरि हाल सम्म १२० जनाको नाम सार्वजनिक गरिएको छ। यो बर्ष १५ र १६८ गरि जम्मा १८३ जना डेलिगेट्स जान पाउने ब्यबस्था रहेको छ। अब बाँकी रहेको ४८ जनाको नाम भने आउन बाँकी रहेको छ।

छनोट गरिएका डेलिगेट्सले सेप्टेम्बर १७ , २०१९ सम्ममा संघको पेपालबाट २०० अमेरिकी डलर तिर्नुपर्ने कुरा जनाइएको छ। संघको कोटामा परेको संख्यामा बाँकी रहेका ४८ जनाको लागि अर्को लिष्ट आउने कुरा समेत सूचनामा बताइएको छ।

नाम हेर्नको लागि यो लिक क्लिक गर्नुहोस :

https://shared-assets.adobe.com/link/90fa63a4-4344-4558-7624-c9899f252c9b

२०० अमेरिकी डलर शुल्क तिर्नको लागि यो लिकं क्लिक गर्नुहोस:

https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=LLNW99VHRKQJS&source=url

एनआरएनए अमेरिकाको डेलिगेट्स पहिलो लिष्टको नाम हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/nrnausa-deligates1st-2019