-एनआरएनले कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग समन्वय गरेर जाने

NRNA:एनआरएनले कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग समन्वय गरेर जाने

Hollywood Khabar April 18,2020 Comments

कोभिड १९ राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग मिलेर जाने निर्णय गैरआवासीय नेपाली संघको पधाधिकारीहरुको बैठकले गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अप्रिल १९, २०२० मा बसेको पधाधिकारीहरुको बैठक सम्पन्न पछि संघका प्रवक्ता डिबी क्षेत्रीले दिनुभएको जानकारी अनुसार, बैठकले नेपाल सरकारसंग संघका अध्यक्ष कुमार पन्तले बिशेष पहल गर्ने निर्णय गरेको छ।

कोभिड १९ का कारण विदेशमा संक्रमित भएका, मृत भएका र अप्ठेरोमा परेका नेपालीहरुको लागि आवश्यक सहयोग, उद्धार, राहत लगायतको काम गर्न एनआरएनए एक्लैले सजिलो र सम्भव नहुने निष्कर्ष बैठकले गरेको छ। कतिपय ठाउँमा कुटनैतिक कुरा हुन्छन, कति कुरा नेपाल सरकारको निर्णयमा निहित रहन्छ र कतिपय गैरआवासीय नेपाली संघको क्षेत्राधिकर र कर्तब्यभित्र पर्न जान्छन।

त्यसैले, यसलाई उचित, छरितो र उपयुक्त रुपमा काम गर्नको लागि संघका अध्यक्षले नेपाल सरकारसँग समन्वय गरि सोहि अनुरुप भएको सहमतिका आधारमा काम गर्ने निर्णय गरेको छ। अध्यक्षबाट नेपाल सरकारसँग भएको कुराकानी र सहमतिको योजना सहित संघको आधिकारिक जानकारी नियमित रुपमा आउनेछ, प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो।

कृष्ण के सी

उपसंयोजक

संचार तथा प्रकाशन समिति, गैरआवासीय नेपाली संघ

अप्रिल १९, २०२०