NRNA को भवन सबैको बिचार अट्ने साझा चौतारी बनोस : डा शेष घले  

Hollywood Khabar March 31,2018 Comments

सोनी शर्मा/काठमाण्डौ
गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घलेले एनआरएनएको भवनलाइ सबै एनआरएनहरुको साझा बिचार आदनप्रदान गर्ने पवित्र र उत्कृष्ट ठाउँ भएकोले यश पवित्र घरलाई सबैको पवित्र बिचारले सजिएको चौतारी बन्नु पर्ने बताएका बताउनुभएको छ।

निवर्तमान अध्यक्ष डा घलेले आइतबार बालुवाटार स्थित संघको निर्माणाधीन भवनको अवलोकन गर्दै भवन निर्माण कार्य यथासिघ्र सम्पन्नगरी संघको सेक्रेटरी अफिस सरेपछि मात्र सबैलाई अपनत्व महसुस हुनेछ। त्यसपछि सबैको यसलाई सम्पूर्ण एनआरएनहरुको बिचार आदानप्रदान गर्ने साझा केन्द्र बनाउनु पर्ने कुरा बताउनु भएको छ। घलेकासाथ निवर्तमान आइसीसी सदस्य तथा गत निर्वाचनमा अध्यक्षकी प्रत्यासी जमुना गुरुङ घले समेत हुनुहुन्थ्यो।

घले दम्पतिले बालुवाटार स्थित एनआरएनएको भवन निर्माण स्थलमा पुगेर आफू अध्यक्षको नेतृत्वमा रहंदा ५० औं लाख एनआरएनहरुको सहयोग सम्झदै आफूले देखेको साझा घरको परिकल्पनाले सार्थकता पाएकोमा खुशी ब्यक्त गर्नुभयो। उक्त अवसरमा उहाँले सम्पूर्ण सहयोगी हातहरुको समेत स्मरण गर्नुभयो।

सम्पूर्ण एनआरएनहरुको साझा घरले हरेक एनआरएनलाइ यस घरभित्र आउँदा मातृभूमिप्रतिको स्नेह झल्कने पनि घलेले स्मरण गराउनुभयो। त्यस्तै उहाँले शंखमूलमा एनआरएनहरुको सहयोगमा निर्माणाधिन शंखमूलघाट र एनआरएन पार्कको अवलोकन गर्दै यस पार्कले एनआरएन र नेपालीको मनलाई जोड्ने भन्दै  यस पार्कलाई अझै व्यवस्थित गर्दै लैजानु पर्ने बताउनुभयो।

घले दम्पति संगै संघकी सचिव जानकी गुरुङ, एनआरएनए एनसीसी युकेका प्रमुख संरक्षक एवं निवर्तमान  सल्लाहकार डमर घले, एनआरएनए युकेका पुर्व अध्यक्ष तथा पूर्व आइसिसिस सदस्य योगेन क्षेत्री, एसिया प्यासिफिकका पूर्व आरसी त्रिलोक गुरुङ, पुर्व सल्लाहकार युवराज गुरुङ, बेलायतका पूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, एसिया प्यासिफिक का पूर्व डिआर्सी गोबिन्द श्रेष्ठ, बहराइनका पुर्व अध्यक्ष  श्याम तामांग, पासाङ्ग लामा युएसए, लगायत सहभागी थिए।

घले दम्पती भुकम्प पीडितका लागि  एनआरएनद्वारा निर्मित गोर्खाको लाप्राक नमुना बस्तीको अवलोकनका लागि लाप्राक जाने तयारीमा रहनुभएको छ।