नेप्लीज अमेरिकन कन्भेन्सन (न्याक) फेशन सो निबेदन दिने मिति जुन १० सम्म

Hollywood Khabar June 08,2017 Comments

विजय थापा,वाशिंगटन डिसी 

आगामी आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा हुने फेशन सो कार्यक्रमको लागि निबेदन दिने समय जुन १० तारिख देखि सकिने भएको छ l 

उक्त कार्यक्रम को लागि नेपाली चलचित्र कि प्रसिद्ध नायिका प्रियंका कार्की आउने छिन्  भने जुन महिनाको अन्त्यमा सम्म अमेरिका आई पुग्ने छिन् l 

नायिका कार्कीले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरुमा सहभागिता जनाउने छिन । यसको साथै सम्मेलनमा बिशेष उनी कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने छिन् ।

भेषभूषाको डिजाइनर (रुपकार) ओढनी बुटिक (वस्त्रालय) ले गर्ने भएको छ। भेषभूषा प्रतिस्प्रद्धामा सहभागी हुनको लागि आवेदन पत्र को दस्तुर प्रवेश शुल्क ४५० डलर राखिएको थियो भने  १८ देखि २९ बर्षका युवतीहरुले निवेदन दिन आब्हान गरिएको थियो l 

उक्त नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारिकरण हेर्ने प्याट्रिक सुबेदीले बताए।