नेपाल र भारत बिचको सम्बन्धको इन्जिन टुट्न नदिउँ -राजदुत मन्जिव सिंह पुरी

0
shares

by Soni Sharma | Updated: 13 Aug 2019

133 views
-“Meet and Greet”कार्यक्रमलाइ सम्बोधन गर्दै  राजदुत  पुरी

२९साउन,काठमाडौं।नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरीले नेपाल र भारत बिचको सदियौं देखिको सुमधुर सम्बन्धको इन्जिनलाई दिगो बनाउन सबैको साथ् र बिश्वास महत्पूर्ण हुने बताएका छन्।भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा मंगलबार स्वतन्त्र युवा प्रजातान्त्रिक युनियन नेपालले काठमाडौंको होटल र्याडिसनमा आयोजना गरेको “Meet and Greet”कार्यक्रमलाइ सम्बोधन गर्दै राजदुत  पुरीले नेपाल  भारत बिचको सुमधुर सम्बन्धलाई जोगाउन प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै  आगामी दिनमा पनि नेपाल र भारत दुवै देश मिलेर अघि बढ्नु पर्ने बताएका हुन्।राजदुत  पुरीले समृद्ध नेपाल र सुखी नेपाली बनाउन सबैको साथ,बिश्वास विकासले मात्र परिकल्पना पुरा हुने भन्दै यसमा भारत सरकारको साथ रहेको बताएका छन्।

राजदुत  पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  जनकपुर,मुक्तिनाथ जस्ता धार्मिक मठ मन्दिरमा दर्शन गर्न तथा कैलाश मान सरोवरका लागि हजारौं भारतीयले नेपाली भुमिबाट जाँदा नेपालको धार्मिक पर्यटन प्रवर्दन भएको बताए।नेपालमा अरुण तेश्रो जस्ता ठुला जलविधुत अरुपनि निर्माण गर्न सके नेपालले आर्थिक पाटोमा फड्को मार्न सक्नेभन्दै राजदुत  पुरीले नेपालका प्रधानमन्त्री केपी ओली भारत जाँदा नेपालमा जनकपुर जयनगर रेल,पेट्रोलियम पाइपलाइन जस्तादेशको अर्थतन्त्रमा टेवा दिने कार्यमा भारतले साथ् दिएको बताए।

स्वतन्त्र युवा प्रजातान्त्रिक युनियन नेपाल अध्यक्ष अरविन्द महतोले आफुहरुले नेपाल र भारत बिचको सुमधुर सम्बन्धलाई ध्यानमा राखी भारतको स्वतन्त्रता दिवसको अवसरमा “Meet and Greet”कार्यक्रम राखिएको बताए।स्वतन्त्र युवा प्रजातान्त्रिक युनियन नेपालले नेपालका शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्र तथा प्राकृतीक बिपत्तमा समेत राहत र सहयोग वितरण गर्दै आएको छ।कार्यक्रममा नेपाल सरकारका मन्त्रि,सांसद,बिभिन्न पार्टीका नेता।कुटनीति निकाय,सरकारी निकायका प्रमुख,पत्रकार,कलाकार तथा विभिन्न सामाजिक संस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो।