NRNA Official Seal/Logo

NRNA:१० औं सानो देश माल्टा हुने भयो गैरआवासीय नेपाली संघको ८० औं राष्ट्रिय समन्वय परिषद

Hollywood Khabar February 09,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघको स्थापना भएको १५ वर्षको इतिहासमा नेपालीहरु भएका देशहरुमा राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन/स्थापना गर्ने क्रममा ८० औं एनसीसीको रुपमा माल्टा हुने भएको छ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष द्वोय कुमार पन्त र कुल आचार्य साथमा सहकोषाध्यक्ष सोम सापकोटा र युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिव कुमार बरुवाल माल्टा तर्फ प्रस्थान गर्दैछन्। नेपालीहरुको लागि पछिल्लो बसाइसराइको गन्तब्य बनेको माल्टामा ३ हजार भन्दा धेरै नेपालीहरु रहेको अनुमान गरिएको छ। यहि फेब्रवरी १२, २०१९ मा माल्टामा हुने नेपालीहरुको भेलाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टा (एडहक कमिटी) को गठन गर्ने तयारी पुरा भएको बताइएको छ।

माल्टाबरे थप कुरा:

गणतन्त्र माल्टा (Republic of Malta) को राजधानी Valletta हो। दक्षिणी यूरोपको टापुको देश हो माल्टा। माल्टा देश इटाली देखि ८० माइल दक्षिण, ट्यूनिसीया देखि १७६ माइल पूर्व र लिबियाबाट २०७ माइल उत्तरमा पर्छ। माल्टाको जनसंख्या लगभग ४७५,००० मानिएको छ। यो देशको क्षेत्रफल १२२ बर्गमाइल छ। माल्टा विश्वका देशहरुमा १० औं सानो देशो हो भने बाक्लो जनघनत्व हुने देशहरुमा भने निक्कै अगाडि ५ औं मा पर्छ।

माल्टाको राष्ट्रिय भाषा Maltese हो। कार्यालयीय प्रयोजनको रुपमा Maltese र English दुवै प्रयोग गरिन्छ। माल्टामा ५९०० बिसी तिरबाट मानव बसोबाश रहेको मानिएको छ। यो देश १८१५ मा ब्रिटिश कोलोनी भएको थियो। ब्रिटिशहरुले आफ्नो साम्राज्य कालमा माल्टालाइ पानी जहाज केन्द्र/अखडा र छुट्टी मनाउन जाने ठाउँको रुपमा प्रयोग गरेका थिए। दोश्रो बिश्व युद्धपछि १९६४ मा क्विन एलिजाबेथ II को पालामा बेलायतको संसदले यूनाइटेड किङडम ष्टेट अफ माल्टालाइ स्वतन्त्र देश माल्टाको रुपमा पास भएको थियो।

१९७४ मा माल्टा बेलायाती महारानीबाट पनि स्वतन्त्र रुपमा गणतन्त्र बनेको हो। त्यसै बेला देखि यो देश संयुक्त राष्ट्र संघको सदस्य पनि बनेको हो। European Union मा भने २००४ देखि सदस्य भएको थियो। राष्ट्रिय धर्म क्यालोथिक भएता पनि देशको संबिधानको धारा ४० अनुसार माल्टाका हरेक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्म मान्न, धार्मिक गतिबिधि गर्न समेत स्वतन्त्रता दिइएको छ। माल्टा हावापानी, पुरातत्व, मनोरंजनात्मक स्थल जस्ता कारणहरुले पर्यटन गन्तब्यको लागि अत्यन्तै रमणिय स्थल मानिन्छ।