https://www.youtube.com/embed/shrxQ2tynPg

सागर रावलको माया गर्नलाई

सागर रावलको माया गर्नलाइ: सुन्दर शहर सान फ्रान्सिस्कोमा सूट गरिएको गीतको भिडियो सार्वजनिक

Hollywood Khabar January 31,2019 Comments

कृष्ण के सी/अमेरिका

सागर रावल प्रडक्शनले बनाएको प्रेमले भरिएको माया गर्नलाई गीतको भिडियो सार्वजनिक भएको छ।

यो माया गर्नलाई- शिव भण्डारीको शब्दलाई रवि मल्लले संगीत दिए भने उदय राज पौडेलले म्यूजीक एरेन्ज गरेका हुन्। माया गर्नलाइ गीतलाइ फिरोज बस्नेत र मेलिना राइले स्वर दिएका छन्। बिशाल र अनुपा बिष्टको जोडीलाइ सुन्दर रुपमा सान फ्रान्सिस्को वरपरको लोकेशनमा शूट गरिएको छ।

कर्णप्रिय स्वर, मायाले भरिएका शब्द र सुन्दर प्रस्तुति नै यो भिडियोको एक वाक्यको वर्णन हो। उसो त सागर रावल आफैमा पनि मोडलिङ गर्दै गरेका व्यक्ति हुन। उनले यसै बिषयको अध्ययन पनि गरेका छन्। यो पटक भने आफ्नै कन्सेप्टमा क्यामेरा र निर्देशको पाटो पनि राम्रोसँग निभाएका छन्। उनले आफ्नै सागर रावल प्रडक्शनद्धारा बनाइएको यो भिडियोले सागरलाई थप बाटो खोल्ने विश्वास लिइएको छ।