Harley-Davidson अमेरिकाको मुटु यूरोपतिर बसाइ सर्नेभयो

Hollywood Khabar June 24,2018 Comments

कृष्ण के सी/अमेरिका
अमेरिकाको मुटु र धड्कन मात्र होइन अमेरिकामा बनेको अमेरिकी बाइक भने विश्वमा गौरब गर्ने Harley-Davidson मोटर साइकल कम्पनी Wisconsin बाट अब यूरोप बसाइ सर्ने भएको छ। जुन २५,२०१८ मा Harley-Davidson ले दिएको जानकारी अनुसार यूरोपको आयात-निर्यातमा लाग्ने कर बढ्नाका कारण Harley-Davidson का केहि मोटरसाइकल उत्पादन यूरोपमा सार्ने कुरा गरिएको छ।

Wisconsin, Milwaukee मा रहेको यो कम्पनीले बार्षिक रुपमा करिब ४०,००० बाइक यूरोपियन युनियनमा बिक्रि गर्छ। अमेरिका बाहिर Harley-Davidson को सबैभन्दा ठूलो बजार यूरोप हो।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प को EU संगको ट्रेड वारका कारण आयातित स्टिलमा लाग्ने करमा ६% बाट बढेर ३१% पछि Harley-Davidson ले यस्तो निर्णय लिएको कुरा बताएको छ। यसका कारण अमेरिकाबाट बाहिर जाने  प्रतिमोटर साइकलमा २२०० अमेरिकी डलर बढ्न जाने हुनाले पनि यो निर्णय गरेको कुरा Harley-Davidson ले बताएको छ।