Dr Govind KC, Picture from Google

डा के सी एक तर्क अनेक : क-कसले के के भने ??

Hollywood Khabar July 19,2018 Comments

सङ्कलक - सुरेश थापा/ललितपुर
१) राजनीतिक नेता गोबिन्द के सीसँग अहिले  बार्ता गरे पनि समस्याको समाधान हुँदैन। तर डा गोबिन्द के सीसँग बार्ता हुने हो भने समस्याको समाधान टाढा छैन। त्यसैले सरकार डा गोबिन्द के सीसँग चै तुरुन्त बार्ता गर।-योगेश भट्टराई

२) डा के सी साच्चै उदाहरणीय छन्। उहाँ प्रतिको निष्ठा बढेर गएको छ। आज जुम्लामा जे भयो खेदजनक छ। यसको मूल्य जनताले तिराउने छन् ।-सुरेन्द्र बजगाँइ

३) म डाक्टर के सीको बिरोधि होइन तर उनले पटक पटक गरेको अनसनको समर्थन गर्न मन लाग्दैन। भलै उनी लडिरहेको युद्ध जायज होला तर यो स्थान र परिवेशमा त्यो युद्धको पद्धति सहि नहुन पनि सक्छ।-आभा

४) डा के सी काठमाण्डौं आउन तयार हुँदा पनि जुम्लामा अस्पताल घेरेर आउन दिईएको छैन। तिनीहरु को हुन् ? के चाहान्छन्, प्रष्ट भएन र ? यहि त निकृष्ट राजनीतिको हद।-नारायण काजी श्रेष्ठ

५) डा के सी धेरैका लागि राजनीतिक मुद्दा हुन्, Cash Card हुन्, भोट बैंक हुन, सरकार ढाल्ने Issue हुन्। तर उनको निष्ठा, समर्पण र सत्याग्रहका अगाडि कसैको दम्भ, दमन र नाटक, टाउको उठाउनै नसक्ने गरि झुक्छ। सबै माग ठीक नहोलान तर धेरै मागले तपाई हाम्रो जीवन रक्षा गर्छ।-रबि लामिछाने