साङ्केतिक तस्बिर:साभार वेब

आज ईद अर्थात् इदुलफित्र: देशभर सार्वजनिक विदा

Hollywood Khabar May 23,2020 Comments

१२ जेठ,काठमाडौं।ईद अर्थात् इदुलफित्रको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन्।

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

शनिबार चन्द्रमा नदेखिएको हुनाले हिजो आइतबार इदुलफित्र नमनाएर आज मनाउँदैछन्। फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी) ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।