तस्बिर साभार वेब

आज प्रतिनिधीसभामा संविधान संशोधन विधेयक पेश हुने

Hollywood Khabar May 25,2020 Comments

१४ जेठ,काठमाडौँ।आज बुधबार संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश हुने भएको छ।सरकार र संसद सचिवालय यो विधेयक ‘छिटो बाटो’बाट बढीमा एक हप्ताभित्र पारित गरिसक्ने कसरतमा लागेको हो।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि सोही अनुसार निसान छाप संशोधन गर्न सरकारले गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो।

यसै विषयमा छलफल गर्न र दलहरुबीच साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सर्वदलीय बैठकसमेत राखेका छन् । बैठकमा प्रधानमन्त्रीले सबै दललाई संविधान संशोधन विधेयक विना सर्त पास गरौँ भन्ने प्रस्ताव राखेका छन् ।