-NRNA:आर्थिक अनुशासन, पारदर्शिता, श्रोतबिकास:एसी शेर्पा सहकोषाध्यक्षका उम्मेदवार

NRNA:आर्थिक अनुशासन, पारदर्शिता, श्रोतबिकास:एसी शेर्पा सहकोषाध्यक्षका उम्मेदवार

Hollywood Khabar August 11,2019 Comments

कृष्ण के सी/अमेरिका/अगष्ट १२, २०१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १३-१६, २०१९ काठ्माण्डौमा हुने ९ औं महाधिवेशन तथा विश्व सम्मेलनमा एसी शेर्पा सहकोषाध्यक्षका लागि उम्मेदवार हुने भएका छन्।

हुन त एसी शेपाकाबारे यो पंक्तिकारले थुप्रै पटक आर्टिकल र समाचार लेखेको छ। उनका सामाजिक र गैरआवासीय नेपाली संघका गतिबिधिहरुकाबारे धेरै अपडेट गरेको पनि छ। २०१५-२०१७ को कार्यकालमा शेर्पा अमेरिकाज क्षेत्रको क्षेत्रिय उपसंयोजक हुँदा एनआरएनएको सोहि क्षेत्रको क्षेत्रीय मिडिया कोअर्डिनेटर भएर सँगै काम गरेको पनि हो।

नेपालको पूर्वी पहाडी जिल्ला, गेटवे अफ सगरमाथा भनेर चिनिने सोलुखुम्बुमा जन्मिएका शेर्पा सानै उमेरमा आफना दाजुसँग अमेरिका आएका हुन्। अमेरिकाको अध्ययन सकेर स्टेट अफ वाशिङटन, सियाटल शहरमा पर्यटन र अन्य ब्यबसायमा लागेका शेर्पा सफल ब्यबसायी भएका छन्। शेर्पाको ब्यबसाय अमेरिका र क्यानाडा दुवै देशमा मात्र होइन नेपालमा पनि छ।

उसो त एसी शेर्पाले सफल हिमाल आरोही मात्र होइन नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका छन्। गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराउन सफल पहिलो गैरआवासीय नेपाली पनि हुन एसी शेर्पा। उनि विश्वका ७५ भन्दा धेरै देशका लागि हिमाल आरोहणका लागि प्रशिक्षक पनि हुन्। सेभेन समिट फाउण्डेशनका अध्यक्ष, रियल स्टेट, पर्यटन र अन्य व्यवसायका सफल ब्यबसायी शेर्पाले नेपालमा ठूला लगानीका लागि पनि अनुभव गरिसकेका छन्।

थुप्रै सामाजिक क्षेत्रमा उनले योगदान दिएका छन्। आफ्नो जन्मथलो सोलुखुम्बु र सिन्धुपाल्चोकमा गरेर करिव ४ करोड नेपाली रुपैयाँ भन्दा धेरै सामाजिक बिकासमा योगदान गरेका शेर्पाको गैरआवासीय नेपाली संघमा पनि धेरै र अनगिन्ति सपोर्ट छ।

शेर्पाको एनआरएनएमा पदिय जिम्मेवारी भने २०१३-२०१५ कार्यकालमा अमेरिकाबाट आइसीसी सदस्यहुँदै सुरु भएको हो। २०१५-२०१७ मा उनि अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक थिए। अनि यो पटक सहकोषाध्यक्षका लागि उम्मेद्वार हुने भएका छन्।

एसी शेर्पाको योजनाका केहि अंश:

१. नेपाल सरकारका अवैतनिक बाणिज्य दूत समेत रहेका शेर्पाले गत जुलाई २०१९ मा पहिलो पटक नेपाली र अमेरिकन ब्यबसायीहरुको बिजनेश कोलाबरेशन नामको एक दिने सम्मेलन सम्पन्न गरेका छन्। यसबाट थुप्रै योजनाहरु आएका छन्। यो कार्यक्रम अन्य देश र ठाउँमा पनि नेपालमा लगानी र नेपाली उत्पादनको निर्वायतको लागि गर्ने भएका छन्।

३. अब अर्को बेग्लै तर पहिलो पटक नेपाली डायस्पोरा ब्रेनगेन कार्यक्रमको आयोजना गर्दैछन् शेर्पा। यसको बिस्तृत कार्यक्रम भने पछि दिनेछन।

४. उसो त १ मिलियन भन्दा धेरै नेपाली किशोर-किशोरीहरु विदेशमा छन्। उनीहरुको लागि बेग्लै कार्यक्रम बनाएर गैरआवासीय नेपाली संघ र नेपालको हितमा लगाउने अर्को कार्यक्रम छ एसी शेर्पाको। यसबाट संघ र नेपालको पर्यटन दुवै क्षेत्रमा यकैपटक सपोर्ट हुनेछ।

५. गैरआवासीय नेपाली संघमा २०१३ देखि २०१७ को कार्यकालमा १ अरब भन्दा धेरै श्रोत बिकास भएको थियो। ५० करोड भन्दा धेरै रकम संघको खातामा थियो। तर २०१७-२०१९ को कार्यकालमा आउँदा भने त्यो घटेर नेगेटिभ ब्यालेन्स भयो भन्ने सुनिएको छ। संघका कोषाध्यक्षको काम कोषको संचालन र कन्ट्रोल हो। सहकोषाध्यक्षको काम कोषाध्यक्षसंग काम गर्ने हो। तर बिधानमा लेखिएका भन्दा धेरै काम पनि संघको हितमा गर्न सकिन्छ भन्ने विश्वास शेर्पाको छ। त्यसैले अब संघमा आर्थिक अनुसाशन, पारदर्शिता र श्रोत बिकास भन्ने तीन महत्वपूर्ण कुरा लिएर एसी शेर्पा आएका छन्। यी प्रत्येक बुँदाहरु भित्र बिस्तृत योजना र कार्यान्वयनका स्टेप पनि छन् शेर्पासँग ।

यसबाहेक अरु धेरै नियमित र पदिय भन्दा बाहिरका काम पनि गर्ने योजना छ एसी शेर्पाको। सोझो र ठाडो मनका धनी एसी शेर्पा घुमाउन र अल्झाउन जान्दैनन्। प्रष्ट, कडा र सोझो रुपमा प्रस्तुत हुने कारण उनीबाट अरुले धोका पाउँदैनन भन्छन उनका नजिकका व्यक्तिहरु। उनै एसी शेर्पाले यो पटक संघको सहकोषाध्यक्षमा उम्मेद्वार हुने आकांक्षा गरेको बताएका छन्। यसका साथै सबैमा सपोर्ट र सहयोगको लागि हार्दिक अनुरोध समेत गरेका छन्।